वामीमा ट्याक्टर दुर्घटना, सहचालक घाईते, चालक प्रहरी नियन्त्रमा !

अनिष पाठक बागलुङ २०७३ फागुन ११ । बुधवार राति करिव ९ बजेको समयमा वामी १ पल्टारमा लु ३ त ४२६५ नम्वरको ट्याक्टर वामी देखि बागलुङको खर्वाङ आउने क्रम्मा दुर्घटना भएको छ । चालक दिपक राना नभएको अवस्थामा सह चालक वामी १ पल्टार निवासी चन्द्र बहादुर रानाले ट्याक्टर चलाउन खोज्दा दुर्घटना भएको प्रहरी चौकी वामीले जनकारी दिएको छ ।

सहचालक रानाको स्थानिय स्वाथ्य चौकीमा उपाचार भएको छ, साथै उनको अवस्था खतारा मुक्त रहेको पनि पारिवारीक स्रोतले जनाएको छ । चालक दिपक लाई भने प्रहरीले नियन्त्रमा लिएको छ । सहचालकले मादक पदार्थ सेवन गरि सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर छेदजिछेद अवस्थामा सडक बाट करिव १०० मिटर तल खसेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.