बडीगाड गाउपालिकामा सन्चालित आयोजनाहरुको स्थलथत अनुगमन जारी !

दिनेश शमा, खर्बाङ २०७५ जेठ २३ । बडीगाड गाउपालिकाले गाउपालिका अन्तर्गतका सबै वडाहरुमा गाउपालिकाव्दारा बिबिध आयोजनाहरुमा बिनियोजित बजेटको कामको मुल्यांकनको लागि आयोजनाहरुको प्रत्यक्ष्य अनुगमन गरिरहेको छ। त्यसै अनुरुप आज पनि बडीगाड गाउपालिका वडा न ७ अन्तर्गतका विभिन्न आयोजनाहरुको अनुगमन गरियो।

अनुगमन टोलीमा गाउपालिका अध्यक्ष मेहरसिँह पाइजा ,कार्यकारी प्रमुख अर्जुन शर्मा,योजना शाखाका प्रमुख थम्मन रेश्मि, वडा न ६ का वडाध्यक्ष मौसमकाजी क्षत्री, ७ का वडाध्यक्ष्य कृष्ण गुरुङ गाउपालिकाका प्राबिधिकहरु दिनबन्धु शाह, धिरेन्द्र रोका लगायतको टोलिले अनुगमन गरेको हो ।

वडा न ७ का योजनाहरु गाँव कोटमन्दिर निर्माण ,रु १० लाख डाडागाउ हुँदै गैरागाउ, गाव, माझखर्क, असारे, श्रीखर्क हुँदै रणसिङ्किटेनी र खुङ्गा जोड्ने मोटरबाटो ३० लाख को आयोजना लगायतका अन्य आयोजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा गाउपालिका अध्यक्ष पाइजाले बिनियोजित बजेट सँसँगै जनश्रमदानमा पनि जोड दिन अनुरोध गरेका थिए ।

कार्यकारी प्रमुख अर्जुन शर्माले आयोजना सम्बन्धी सबैमा जानकारीको लागि काम सुरुगर्दा होर्डिङ बोर्ड राख्न अनुरोध गर्दै यसले सम्पुर्ण आम नागरिकहरुमा आयोजनाको बारेमा बिस्तृत जानकारी हुने बताए।

अध्यक्ष पाइजाले सबै वडाहरुका सबै आयोजनाहरु आयोजना स्थल मै गएर अनुगमन गर्ने उनले बताए । धेरै आयोजना अनुगमन गरिसकियो बाकी पनि छिट्टै सम्पन्न गर्ने योजनामा छौ उनले भने ।

आयोजना प्रभाबित समुदायले पनि यसरी अनुगमन हुदा स्थानिय सरकार घरदैलो मा आएर बिकासमा चासो देखाएको भन्दै खुसी ब्यक्त गरेका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *