बुर्तिबाङमा वातावरण दिवससको अबसरमा वन्यजन्तु सम्बन्धि स्कुल शिक्षा

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५जेठ २२ । “प्लाष्टिक प्रदुषण निर्मुल पारौँ पुनःप्रयोग गर्न नसके बहिस्कार गरौँ ”भन्ने मुल नाराका साथ ४५ औ वातावरण दिवस ईलाका वन कार्यलय बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङमा मनाईएको छ । दिवसका अवसरमा ढोरपाटन नगरपालिका वडा न १ बुर्तिबाङमा रहेका दुई बिद्यालयहरु उत्तर गगां माध्यमिक विद्यालय र जनता सेकेन्डरी ईङ्लिस बोर्डिङ स्कुल बुर्तिबाङमा वन्यजन्तु सम्बन्धि स्कुल शिक्षा कार्यक्रम सम्पन्र्न भएको हो ।

दुवै बिद्यालयको कक्षा १० मा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुलाई वन र वन्यजन्तुको महत्व, तिनीहरुको संरक्षणको निम्ति स्थानिय स्तरमा विद्यार्थीहरुले खेल्ने भुमिका, जङ्गली जनावरहरुको आक्रमणबाट बच्ने उपायहरु,वृक्षारोपनको महत्व,वन फडाँनी र वनमा लगाईने डडे्लोले वातावरणमा पार्ने असरको बारेमा प्रोजेक्टरको प्रयोग मार्फत जानकारी गराईएको ईलाका वन कार्यलय बुर्तिबाङका सहायक वन अधिकृत उपेन्द्र अर्याले बताए ।

उक्त कार्यक्रममा कक्षा १० मा अध्यनरत छात्र–छात्राहरु, बिद्यालयमा अध्यापक शिक्षक,शिक्षिका, ईलाका वन कार्यलय बुर्तिबाङका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

ईलाका वन कार्यलय बुर्तिबाङका सहायक वन अधिकृत उपेन्द्र अर्यालको प्रशिक्षण तथा सहजिकरण रहेको कार्यक्रमको सञ्चालन फरेस्टर खिम श्रीसले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *