नेपालीहरुलाई अमेरिका लैजाने भनी बिचैमा अलपत्र पार्ने बागलुङका एक दलाल पक्राउ !

बागलुङ २०७५ जेठ २२ । अमेरिका लगायत बिभिन्न देशहरुमा आकर्षक रोजगारी दिलाउने प्रलोभनमा पारी ६ जना नेपालीलाई सात महिना देखी बिभिन्न देशहरुमा अलपत्र पारेको अभियोगमा बागलुङका एक दलाललाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोले मानव बेचबिखन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्लाका ४१ वर्षिय राजु भन्ने जेसन श्रीस रहेका छन् ।

यिनै दलालले २१ महिना पहिले अमेरिका लैजाने भनि बागलुङ, पर्वत, म्याग्दी र गुल्मीका दुई दर्जन नेपालीहरुलाई बीचमै अलपत्र पारेको समाचार सार्वजनिक भएको थियो । बागलुङ जिल्लाको गल्कोट नगरपालिका रिघा घर भै हाल पोखरामा बसेर दलाली गर्दै आएका जेसन (राजु) श्रीस र उनकै भाई सागर श्रीसलाई २५ देखी ३५ लाख सम्म रकम बुझाएको पीडितहरुले बताएका थिए ।

उनिहरुलाई पहिले थाईल्याण्डमा डेढ महिना राखी त्यसपछी नाईजेरिमा अलपत्र पारेको पीडितहरुले आरोप लगाएका थिए । पीडित मध्य बागलुङकी एक युवतीले १९ महिना देखी नाईजेरियाको लागोस शहरको एक होटेलमा अलपत्र परेको ईबागलुङलाई जानकारी दिएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *