बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप, समयमै औषधि खरीद नहुँदा औषधीको चरम अभाव !

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ जेठ २१ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा रुघाखोकी, झाडापखला तथा अन्य रोगका बिरामीहरु ह्वात्तै बढेको बुर्तिबाङ स्वास्थ्य केन्द्रका सिनियर अहेव घनश्याम चालिसेले जानकारी दिए ।

मौसम परिवर्तनसँगै बढेको गर्मीका कारण बिरामीहरुको संख्यामा बृद्धि आएको चालिसेको भनाई छ । गर्मीको समयमा खानपान र सरसफाईमा ध्यान नदिँदा रुघाकीको बिरामी बढ्ने गरेको उनले बताए ।

यो समयमा खानपान र सरसफाई विषेश ध्यान दिन पर्ने उनले सुझाव दिएका छन् । दैनिक रुपमा १ सय भन्दा बढी बिरामी आउने गरेकोमा ५० प्रतिशत रुघाखोकी र झडापखलाका बिरामी रहेकोे बताए । खासगरी हस्पिटलमा ४० वर्ष उमेर माथिका बिरामीको आगमन बढी भएको उनको भनाई छ ।

त्यस्तै पछिल्लो समयमा बिरामीको चाप बढी रहेको र स्वास्थ्य केन्द्रमा विभिन्न रोगहरुका औषधीहरु नगरपालिकाले खरिद नगर्दा औषधीको चरम अभाव पर्न सक्ने खतरा रहेको उनले बताए । त्यस्तै लामो समयदेखि जिल्लाबाट पनि औषधी नआएको चालिसेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *