आमा धनकुलाको स्मृतिमा छोरा कृष्णले ज्ञानेन्द्र माबिलाई दिए १७ लाख सहयोग ।

कुम्बिर बिस्वकर्मा/ २०७३ फागुन ११ । ज्ञानेन्द्र माध्यमिक बिद्यालय निसीमा कृष्ण बहादुर पुन मगरले आफ्नो आमा धनकुला पुन मगरको स्मृतिमा १७ लाख बराबरको आर्थिक सहयोग गरेका छन्। आमा धनकुला पुन मगरको स्मृतिमा आमाकै नाममा बिद्यालयलाई सहयोग गरेका हुन् ।

बिद्यालयले आर्थिक सहयोग गर्ने कृष्ण बहादुर घर्ती मगर लगायत उनका परिवारलाई विद्यालयले सम्मान गरेको छ।

सम्मान कार्यक्रम बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रेम बहादुर घर्ती मगरको अध्यक्षता , समासेबी कृष्ण बहादुर पुन मगरको प्रमुख आथित्यता, ,समासेबी ,बुद्दिजिबी ,अभिभावक ,सन्चारकर्मी लगायतको आथित्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा बिद्यालयकी शिक्षिका अमृता घर्ती मगरको स्वागत मन्तव्य ,शिक्षक राम्जि प्रसाद बास्तोलाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.