ढोरपाटन नगरपालिकाव्दारा नवागन्तुक प्रजिअ खरेलको स्वागत

योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७५ जेठ २१ । नवागन्तुक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई ढोरपाटन नगरपालिकाले आईतवार स्वागत गरेको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा पहिलो पटक बुर्तिवाङ आएका प्रजिअ खरेललाई ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले नगरपालिका कार्यालयमा एक कार्यक्रमका वीच स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै प्रजिअ खरेलले आफ्नो जन्म ठाउँमा आउन पाउँदा खुसीको अनुभूति भएको बताउदै जनप्रतिनिधीहरुसंग समन्वय र सहकार्य गर्ने बताए । उनले, ढोरपाटन नगरपालिकाले कुशल नेतृत्व पाएको उल्लेख गर्दै आफुले पनि ढोरपाटनको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगर प्रमुख नेपालीले नवागन्तुक प्रजिअ खरेलको स्वागत गर्दै नङ र मासुको सम्वन्ध राखेर काम गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *