प्रवास : दुबईमा नेपाली समुदाय यूएईको तेस्रो बार्षिकोत्सव तथा योग शिबिर सम्पन्न !

सचिन्द्र श्रेष्ठ, यूएई २०७५ जेठ २१ । नेपाली समुदाय युएईको तेस्रो बार्षिकोत्सब दुबईमा सम्पन्न हुनुका साथै केन्द्रिय कार्यसमिति पुनर्गठन गरिएको छ ।
सामाजिक क्षेत्रमा व्याप्त विकृति, विसंगति, कुसंस्कार र राजनीतिक साठगाँठको विरोधमा उत्रिएर त्यो समय परिस्थितिको माग र तपाईहरुको निस्वार्थ मानवीय साथले सात समुन्द्र पारी नेपाली नेपालीबीच एकता र मेलमिलापको भावना जागृत गराउने, नेपाली समुदायको उत्थान र पहिचानको लागी कार्य गर्न सक्ने उत्तरदायी भूमिका निर्वाह गर्न सक्ने संस्थाको खोजि भइरहेको समयमा नेपाली समुदायको बृहत्तर अबधाराणाको विकासलाई मध्यनजर गर्दै आज भन्दा ३ वर्ष अघि मिति २०७२ जेष्ठ १९ गतेमा नेपाली समुदाय यू ए ई बिदुर राउतको अध्यक्षता ५ सस्थापक सदस्यहरुबाट कार्यसमिति स्थापना गरि ुनेपाली समुदायलाई एकता, संघर्ष र अवसरको रुपमा बिकाश गरौुं भन्ने चाहाना र उद्देश्यका साथ यस संस्थाको स्थापना समाजिक संजाल मार्फत गरिएको थियो ।

विभिन्न समयमा विभिन्न समाजिक, परोपकारी एबम् मानबिय हकहितका कार्यहरु गर्दै आएको, यस निस्वार्थ र नाफारहित संस्थाले जाती, धर्म, वर्ण, क्षेत्र, सामाजिक, साँस्कृतिक आर्थिक, राजनीति र लैगिंक विभेदरहित यस संस्थाले विदेशमा रहेका सबै प्रबासीनेपालीहरु साथै स्वदेशमा रहेका सबै पूर्व प्रबासी नेपालीहरुलाई एकताको सुत्रमा बाद्ध्र २०७२ भदौ १८ गतेमा बरदुबईको सिन्ध पन्जाब होटेलमा बिदुर राउतकोअध्यक्षता २५ सदस्यीय केन्द्रिय कर्यासमितीको स्वरुप बिस्तार गरेको थियो ।

यस कार्य सकिति गठनले नेपाली समुदाय स्थापना गर्नुको मुख्य कारण यसलाई गैह्र राजनीतिक,गैह्र धार्मिक र गैह्र नाफामुलक संस्थाको रूपमा विकसित गर्ने, विशुद्ध समाजसेवाको भावनाले प्रवासमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सेवा पुर्याउनुको साथै कुनै पनि भूगोल जाती र वर्ग भन्दा माथी उठेर समस्त नेपाली नेपालीजन लाई एकताको सूत्रमा बाँध्ने अभिप्राय रहेकोमा संस्थाभित्र केहि सदस्यहरुले गूटबन्दी गरि समाजिक एबम मानवीय पबित्र कार्यको नाममा प्रोपोगन्डा गर्ने, प्रचारमा मात्रै अाँखा गाड्ने , आफ्नो ब्यक्तिगत स्वार्गसिद्ध गर्नका लागि संस्थाको प्रयोग गरिदा मिति १६ डिसेम्बर २०१६ का दिन नेपाली समुदाय युएई केन्द्रिय कार्यसमिति साथै सम्पुर्ण मातहातका बिभाग तथा इकाई समितिहरु बिगठन गरि अर्को व्यबस्था नहुन्जेल सम्मका लागी संस्थापकहरुबाट नै सामाजिक, परोपकारी एबम् मानवीय कार्यहरु सम्पादन गरिदै गर्दा समय र परिस्थितिलाई मध्यनजर गर्दै स्वदेशी र परदेशी नेपाली बीच भावनात्मक एकता जोड्न र बिदेशमा बस्ने नेपालीहरुको एउटै लक्ष्य सामजिक र आर्थिक रुपमा समृद्ध बन्नुपर्छ र सबै नेपालीको स्तर बृद्धि र समस्या निराकरणका लागी वर दुबईको शुभयात्रा ट्राभल्समा संस्थाको तेस्रो बार्षिकोत्सवको अबसरमा शुभकामना आदन प्रदान गर्दै मिति २०७५ जेठ १९गतेमा सम्पन्न भएको अधिबेशन तथा बार्सिकोत्सबले बिदुर राउतको अध्यक्षतामा १३ सदस्यीय केन्द्रिय कार्यसमिति पुनर्गठन गरिएको छ जसमा क्रमसः अध्यक्षस् बिदुर राउत , उपाध्यक्षस्अमीत साप्कोटा, महासचिव राजन तिमल्सिना , कोषाध्यक्ष सचिन्द्र श्रेष्ठ , सचिब रमेश थापा, सदस्यहरुमा धन राज गुरुङ , लक्ष्मण पौडेल, माधब अधिकारी र रुपेश थापा मगर साथै सल्लाहकारहरुमा कबिन्द्र सापकोटा, राज गुरवाचार्य, गोविन्द थापा र राजाराम बस्नेत रहेका छन् ।

६ महिना भित्र युएईमा रहेका जम्मा जम्मी संख्या को एक प्रतिशतको पनि एक प्रतिशत रहने गरि केन्द्रिय कार्यसमिती बिस्तार गरिनुका साथै युएईमा रहेका एक प्रतिशत नेपालीहरुलाई १ बर्षमा सदस्य बनाउने लक्ष्य लिएर समाज सेवाको पवित्र कार्यमा सबै प्रवासी समाजसेवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा राष्ट्रीय प्रेमभाव,मानवीय सेवाभाव बाट उत्प्रेरित हुदै सच्चा समाजसेवीको भुमिका निर्वाह गर्दै अघि बढौं भनि अपिल गर्दै प्रबाशी नेपालीहरुको आवश्यक हरेक समस्यालाई केन्द्रबिन्दु मानेर हरक्षेत्रबाट हरसम्भव सहयोग गर्न सदस्य समिती बिस्तार गरेको र राजनैतिक, अनियमिता, सनातन सोचरहित अन्तरास्ट्रिय रूपमा संस्था बिस्तार गरि काम गर्ने उद्धेश्य समेत रहेको राउतले बताए । उक्त कार्यक्रममा नेपाल देखि आएका गुरु योगी प्रकाशले योगको महत्व, आवश्यकताका बारेमा १ दिने शिबिर समेत गरिएको थियो ।
सो कार्यकम बिदुर राउतको अध्यक्षता एबं सचिन्द्र श्रेष्ठको संचालनमा भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *