प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई जन्म ठाउँ ग्वालिचौरमा यसरी गरियो स्वागत (तस्बीर)

दिनेश शर्मा, ग्वालिचौर २०७५ जेठ २० । जिल्ला प्रशासन कार्यालय बागलुङमा नवागत प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल जन्म गाउँ बडीगाड गाउँपालिकाको ग्वालिचारमा आईपुग्दा भव्य स्वागत गरिएको छ ।

बडिगाड गाउपालिका अध्यक्ष मेहर सिँह पाइजा र कार्यकारी प्रमुख अर्जुन शर्मा लगायत स्थानियले गाउपालिकाको भवन निर्माणका निमित्त उपलब्ध गराईएको बडीगाड ५ खार बजार फाँटमा खादा ओडाएर भव्य स्वागत गरेका थिए । उक्त अवसरमा पैजिअ खरेललार्इ खार मा बि खारमा स्वागत तथा सम्मान गरिएको थियो।

सो अवसरमा प्रजिअ खरेलले खार मा बि खार, प्रहरी चौकी कार्यालय खार, बडीगाड गाउपालिका कार्यलयको निरीक्षण अवलोकन गरेका थिए ।
प्रजिअ खरेल सहितको टोली त्यहाको अवलोकन पश्चात् बुर्तिबाङ तर्फ प्रस्थान गरेको छ।

स्मरणीय छ, प्रजिअ खरेल हालको बडीगाड ५ ग्वालीचौर साबिकको ग्वालिचौर १ मा जन्मी स्थानीय भानु मा बि बाट बिद्यालय शिक्षा प्राप्त गरेका थिए । खरेल प्रमुख जिल्ला अधिकारी भएर आए लगत्तै बडीगाडमा खुसियाली छाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *