बिहुँमा पत्रकारको पसलबाट रु ८३ हजार बढीको नगद र जिन्सी सामान चोरी

बागलुङ २०७५ जेठ २० । काठेखोला गाउँपालिका बिहुँमा एक किनारा पसल बाट नगद र जिन्सी माल समान गरी ८० हजार रुपयाँ भन्दा बढी चोरी भएको घटनाका अपराधीको अझै पत्तो लागेको छैन ।

गत जेठ १६ गते राति न्यू सापकोटा किराना एण्ड फेन्सी स्टोर्सबाट नगद र जिन्सी गरी रु ८३ हजार ५ सय बराबरको धनमाल चोरी भएको पत्रकार भरतप्रसाद सापकोटाले ईबागलुङलाई जानकारी दिए । प्रहरीलाई सोद्धा अपराधीको खोजी भैरहेको जानकारी प्राप्त भएको सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *