काग्रेस सुधार्न गुटबन्दी अन्त्य जरुरी -डा महत : काठमाडौमा बसेर टिकट लिने जमना गयो – भण्डारी

कौरव खत्री, गुल्मी २०७५ जेठ १९ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाली काग्रेसले गुटबन्दी अन्त्य गर्नुपर्ने र संगठनलाई मजबुत बनाउनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको ५० दिने महाअभियानको समापन समारोहमा डा.महतले नेपाली काग्रेस पराजय हुनुमा गुटको कारण समेत रहेको चर्चा गर्दै अब नेपाली काग्रेसले गुट नभनी बिकास निर्माणमा लाग्न र संगठनलाई सुदृढीकरणमा लाग्नका सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपालमा श्रम गरेर हिन्दूस्थानमा ५० प्रतिशत रकम गएको भन्दै यसलाई रोक्नका लागि राज्यले ध्यान दिनुपर्ने बताए । गुल्मी काग्रेसले थालेको अभियानको सम्मान गर्दे अन्य जिल्लाले पनि यसबाट पाठ सिक्नुपर्नेमा उनको जोड थियो ।

अहिले बामपन्थीहरुले प्रशासनमा समेत राजनीति गर्न थालेको भन्दै यसलाई सचेत गराउनु काग्रेसको कर्तब्य समेत रहेको दाबी गरे । युवाहरु बिदेशीने क्रम बढेको भन्दै महतले श्रमको सम्मान गर्दै नेपाली अर्थतन्त्रलाई स्वदेशमानै राख्नका लागि जोड दिए ।

काठमाडौमा बसेर टिकट लिने जमना भयो- भण्डारी


नेपाली कागे्रसका केन्द्रिय सदस्य एबम नेता चन्द्र भण्डारीले अब काठमाडौमा बसेर चुनाबको टिकट लिने जमनाको अन्त्य भएको बताएका छन् । नेपाली काँग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको ५० दिने महाअभियानको समापन समारोहमा बोल्दै ले यस्तो बताएका हुन् ।

काँग्रेस नेता भण्डारीले गाँउमा नजाने ठुलाकुरा गर्ने र चुनाबको समयमा नेताको चाकडी गरी टिकट लिने जमानाको गुल्मी काग्र्रेसले अन्त्य गर्ने स्पष्ट पारे । गाउँ नजाने र राजधानी बसेर ठुलाकुरा गर्न काग्रेसमा रोग लागेकाले यसलाई अब अपे्रशन गर्नु पर्ने उनको भनाई थियो ।

पछिल्लो निर्वाचनमा जनताले काग्रेसलाई सुधार्नका निम्ती हराएको भन्दै भण्डारीले अबको निर्वाचनमा काग्रेसले बहुमत ल्याउने दाबी समेत गरे । अहिलेको बाम सरकारले काग्रेसलाई बिकास निर्माणमा र अन्य बिषयहरुमा अपमान गरे १८ महिनासम्म पनि सत्ता टिक्न नदिने ठोकुवा समेत गरे । बैशाख १ गतेदेखी सुरुभएको ५० दिने गाउँ जाउँ गाउँमै रमाउ महाअभियानको समापन कार्यक्रममा जिल्लाका ९३ वटै वडाका पार्टी सभापतीहरु एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *