गल्कोट नगरपालिकाको अधिकाशं सडक हिलाम्मे, गल्कोट नगर कार्यालय सम्मको यात्रा नै कष्टपूर्ण !

घनश्याम गौतम, गल्कोट २०७५ जेठ १९ । सेवाग्राहीलाई हटिया देखी गल्कोट नगरपालिकाको कार्यालय मजुबा जाने बाटो हिलाम्मे बन्दा निकै कष्टपुर्ण यात्रा गरिरहेका छन् । गल्कोटका अधिकांश सडक हिलाम्मे बनेका छन् । सडकमा नाली नहुदा समस्या बढेको हो । बर्षात संगै हिलाम्मे बनेका गल्कोटका अधिकांश ग्रामीण सडकले अहिले नालीको रुप लिन थालेका छन् । गल्कोट नगरपालिकाले मापदण्ड तयार गरेर सडकको स्तरोन्न्तीको काम सञ्चालन गरेपनि कतिपय सडकको अबस्था दयनीय छ ।

गल्कोटको मुख्य बजार क्षेत्र लगाएतका केही स्थानमा गल्कोट नगरपालिकाले बजेट बिनियोजन गरेर निमार्ण गरिएका सडक ब्यबस्थित भएको भएतापनि अन्य ग्रामिण सडकको नाली काटिएको छैन् । गल्कोट नगरपालिका बडा नं ६ को मुजबा फाँटमा सडक मापदण्ड बमोजिम नत स्तर बृद्धि भएको छ नत नाली कटान गरिएको छ । अझै सडकको छेउमा रहेको नालीबाट सडकमा आएको पानिले सडकनै हिलाम्मे बनका ते छनै सडकमा बगेको पानीले खाल्डाखुल्डी पार्नुका साथै यात्रालाई समेत जोखीम निम्त्याएको स्थानिय कर्ण बहादुर खत्रीको भनाई छ ।

सडक हिलाम्मे भएपछि यतिबेला सवारी आवागमनमा समस्या भएको छ । यस क्षेत्रमा दुई पाङ्ग्रे र स–साना चारपाङ्ग्रे सवारी साधनलाई सडक पार गर्नलाई समस्या छ । यस्तै यस सडकखण्डको दायाँ बायाँ किनारामा हिँडडुल गर्ने पैदलयात्रीलाई समेत समस्या भएको छ । पैदलयात्रा गर्दा चिप्लने डर र सवारी साधनले हिलो उछिट्याउने हुँदा हिल्ल्लाम्मे हुने अवस्था यात्रुलाई रहेको छ ।

गल्कोट नगरपालिकाले निर्माण गरको बडा नम्बर ४ को डाडाँखेत, खरुबा चमुबाको मोटरबाटो र बडा नम्बर ६ को सहिदगेट ढलेपिपल सडकमा दोहोरो नालीकटान गरि फराकिलो बनाएपनि अहिले उक्त क्षेत्रमा आबतजाबत गर्न सहज भएको स्थानियको भनाई छ । तर नगरपालिकाको कार्यालय आउने बाटो नैं हिलाम्मे बनकोमा स्थानिय सबारी चालक हेम पुनले दुखेसो गरे । सिबालयघाटमा निर्माणाधिन मोटरेबल पुल निर्माणमा ढिलाई भएको र बसाहघाटमा पुलको निर्माणको प्रक्रिया अघि बढेको छैन । बिचको सडक हिलाम्मे छ । जोखीमको यात्रा गर्न बाध्य छौ पुनले भने । उनले नगरपालिकाले सो क्षेत्रको बाटो मर्मतमा खासै चासो नदिएको तर मापदण्ड भन्दै बढि महत्बकाक्षी भएको पुनको भनाई छ । पैदल हिड्दा सडकमा बगिरहेको पानीले छेपिन्छ, सबारी सञ्चालन गर्दा निकै जोखीम भएको स्थानिय हिरा बहादुर खत्रीको भनाई छ ।

गल्कोट नगरपालिका स्तरको उक्त सडकको स्तरबृद्धि गर्ने योजना भएको भएपनि मापदण्ड गलत भएको भन्दै स्थानिय जग्गादाता र घरधनीले बिज्ञप्ती जारी गरेर सडक मापदण्डको बिरोध जनाएका छन् । सडकको चौतफि चर्चा गरितापनि सडकमा दिनदिनै बगेको पानीलाई ब्यबस्थापन गर्ने बिषयमा कसैको पनि ध्यान पुग्न सकेको छैन । नगरपालिका जाने सडक त प्रतिनिधी बाटो मात्र हो । गल्कोटको अधिकासं मोटरबाटोको स्तर निकै कमजोर रहेको गल्कोट नगरपालिका बडा नम्बर १ का जीवन भण्डारीको भनाई छ ।

नरेठाँटी, दुदिलाभाटी पेरीबाङ सडक, हटिया, चालिसेटोला, थालेपाखरा सडक, हटिया लमाई काडेबास सडक, भैसे बसाह हरिचौर सडक लगाएतका दर्जन बढि सडक हिउदमा धुल्लाम्मे र बर्षातमा हिलाम्मे बन्ने गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *