निसीखोलामा नेकपाको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ जेठ १९ । बागलुङ क्षेत्र नम्बर २ क का प्रदेश सांसद चन्द्रबहादुर बुढा सागरले कम्युनिष्ट सरकारले बाहेक अरु कुनै सरकारले देशमा समृद्दि ल्याउन नसक्ने जिकिर गरे ।
उनले नेपाल कम्युनिष्ट पार्टी निसीखोलाले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अब हरेक क्षेत्रमा कम्युनिष्ट पार्टीलाई बलियो बनाई अगाडि बढाउन स्थानीय तहका सबै प्रतिनिधीहरुलाई आग्रह गरे । कम्युनिस्ट सरकारले अब पिछडिएका क्षेत्रबाट विकास गर्दै अगाडि बढ्ने बुढाको भनाइ छ ।
उनले अब प्रत्येक क्षेत्रका जनतासँग भिजेर उनीहरुको चाहानालाई बुझेर बिकासको गति अगाडि बढाउने बताउँदै यसको लागि सबै नागरिकलाई तत्पर हुन आग्रह गरे । कार्यक्रममा कम्युनिस्ट नेता तुल्सीराम अर्याल, टंकप्रसाद पौडेल, निसीखोला गाउँपालिका ३ का वडा अध्यक्ष कुबिर विश्वकर्मा, लालबिर लोप्चन, रिमप्रसाद पौडेल, हुतराज भुसाल लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम कम्युनिस्टका युवा नेता प्रेमबहादुर घर्ती मगरको अध्यक्षता, उमान्द रेग्मीको स्वाग र रुद्रप्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *