काँग्रेस – काँग्रेस लडेर काँग्रेस चुनाव हा-यो – डा रिजाल

भरत सापकोटा, बागलुङ बिहुँ २०७५ जेठ १९ । नेपाली काँग्रेस नेता डा मिणेन्द्र रिजालले चुनावमा काँग्रेस काँग्रेस लडेर काँग्रेस हारेको बताएका छन् ।
तरुण दलका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन र कार्य समिति गठन गर्न आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै डा रिजालले भने संगठन बलियो बनाउन जनताको हरेक काममा साथ दिनुहोस काँग्रेस आफै बन्छ ।

उनले भने गुट उपगुट सकेर काँग्रेस एउटै बनाउन स्थानीयरुपमै एक भए केन्द्रको समस्या आफै हट्छ ।

तरुण दलका गाउँपालिका अध्यक्ष हरि सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेसका जिल्ला पार्टी सभापति दिपेन्द्र थापाको पनि उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य ग्यामनाथ कँडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *