केन्द्रिय सरकारको काम गर्ने शैली पञ्चायती मानसिकताबाट प्रभावित भएको मुख्यमन्त्री गुरुङको आरोप !

केन्द्रिय सरकारले प्रदेश र स्थानिय तहलाई हेर्ने दृष्टिकोण न्यायोचित छैन – मुख्यमन्त्री गुरुङ

कोपिला कंडेल, बागलुङ २०७५ जेठ १९ । प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रिय सरकारको काम गर्ने शैली पञ्चायती मानसिकताबाट प्रभावित भएको आरोप अगाएका छन् । शनिबार बिहान बागलुङ नगरपालिकाले बागलुङ सदरमुकाममा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यस्तो आरोप लगाएका हुन् ।

साधन र श्रोतको न्यायोचित वितरण नहुदा प्रदेश सरकारलाई काम गर्न कठिन भएको उल्लेख गर्दै मुख्यमन्त्री केन्द्रिय सरकारले प्रदेश र स्थानिय तहलाई हेर्ने दृष्टिकोण न्यायोचित छैन गुरुङले भने,। उनले किटानी साथ भने केन्द्रको बिकास भएर मात्र स्थानिय तहको बिकास हुँदैन ।

सिहांदरबारको अधिकार गांउँगाउँंमा आयो भनेपनि ब्यवहारमा भिन्नता भएको दाबी गर्दै मन्त्री गुरुङले सिहांदरबारको अधिकार गाउंगाउंमा आयो भनेर मात्र हुदैन साधन र श्रोत उपलब्ध गराउनुपर्छ, राज्य सत्तामा सबैको हक बराबर हुनुपर्दछ । उनले थपे प्रदेश सरकारलाई श्रोत र साधन सम्पन्न बनाउनुपर्छ ।

प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन कृषि उर्जा जलश्रोत उद्योग लगायत रहेको स्पष्ट पार्दै मुख्यमन्त्री गुरुङले भने प्रदेश ४ अन्र्तगत ११ जिल्लामा सबै क्षेत्रको बिकास बराबर छैन, त्यसैले हाम्रो योजना गरिबी निवारण, कृषि क्षेत्रको बिकास उत्पादनशील क्षेत्रमा लगानी लगायत हुनुपर्दछ ।

उनंले संघियताकोे मर्म अनुसार केन्द्रिय सरकारले बजेट लगायतका साधन र श्रोतको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षता, उपप्रमुख सुरेन्द्र बहादुर खड्काको स्वागत मन्तब्य र कार्यकारी अधिकृत नारायण साप्कोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *