सिसाखानी-किटेनीमा मोटरबाटो पुग्यो, डोजर चालकहरुलाई नोटको मालाले स्वागत

सुरेश छन्त्याल, बागलुङ २०७५ जेठ १९ । गल्कोट नगरपालिका १० पाण्डबखानी हुँदै बडीगाड गाउँपालिका ३ सिसाखानीको किटेनी सम्म आज मोटरबाटो पुग्यो। पाण्डबखानी सिसाखानी हुँदै खर्वाङ सम्म जोड्ने बाटो शुक्रबार सम्पन्न भएको हो। गल्कोट नगरपालिकाबाट छुट्टयाइएको २० लाखको बजेटबाट काम सम्पन्न भएको समितिका अध्यक्ष पृथ श्रीसले जानकारी दिए । माटोरबाटो पुगेपछि सिसाखानी र पाण्डवखानीबासी निकै खुसी भएकाछन्। अब पाण्डबखानी देखि सिसाखानी हुँदै खर्वाङ बुटवल सम्मको यात्रा गर्न सहज हुने भएको छ।

किटेनी भन्ने स्थानमा डोजर चालक जीवन थापा र सहचालक विकल्प पुनलाइ पैसाको फुलमालाले सम्मान गरिएको थियो।

पन्यकोसी आमा समुहका अध्यक्ष जनकुमारी श्रीसको अध्यक्षता साविक सिसाखानी गाविसका पूर्व अध्यक्ष दिल बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजसेवी मानसिह छन्त्याल, वडा १० का सदस्य धनबहादुर सुनार, रविन्द्र श्रीस, हिरा श्रीस लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रमको संञ्चालन निरज घर्तीले गरेका थिए।

कार्यक्रममा सहयोग गर्ने र जग्गादाताहरुलाइ धन्यवाद दिदै अब पाण्डबखानी सिसाखानी हुदै रिघा र खर्वाङ सिधै आवात जावात गर्न सजिलो हुने समितिका सचिव रुद्र काउचाले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *