युनेस्कोको आयोजनामा बागलुङमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७५ जेठ १८ । युनेस्को नामक संस्थाले आज बागलुङमा शिक्षाको माध्यमबाट मानव मस्तिष्कमा शान्तिको बिजारोपण गरौ, आफ्नो घर समुदाय कार्यालय बिद्यालय सफा स्वच्छ र सुरक्षित राखौ भन्ने नारा सहित शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा युनेष्कोको उदेश्य, आदर्श, सिद्धान्त र शिक्षा क्षेत्रमा युनेष्कोको भुमिका लगायतका गतिबिधी बारे छलफल भएको थियो । कार्यक्रमको सहजिकरण गर्दै युनेष्कोका सह महासचिव एबं पूर्व परिक्षा नियन्त्रक बिष्णु बहादुर व्दारेले, अवको शान्ति सद्भाव र मानवअधिकार सहितको समावेसी एबं गुणस्तरीय हुनुपर्ने बताए ।

बिद्यालय तथा घर र वातावरणलाई ज्ञान तथा शिक्षाको खोजी गर्ने संस्थाको रुपमा बिकास गर्नुपर्ने भन्दै उनले शिक्षाको माध्यमबाट घर वातावरण समुदायमा शान्तिको अनुभुति हुनुपर्नेमा जोड दिए । बालबालिकालाई पढ्ने वातावरण निर्माण गर्नका लागि अभिभावकको महत्वपुर्ण हात हुने भन्दै युनेष्को प्रमुख व्दारेले सबैको लागि शिक्षाको नारालाई पुरा गर्नका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।

त्यसैगरी अर्का सहजकर्ता शिक्षा मन्त्रालयका शाखा रामचन्द्र तिमिल्सिनाले सन २०३० सम्म सबैको लागि शिक्षा भन्ने संयुक्त राष्ट्रसघंको घोषणालाई सफल बनाउनका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए । दिगो बिकासका लागि मानव अधिकार र लैङ्गिक समानता सहितको शिक्षा प्रणालि हुनुपर्ने चर्चा गदै शिक्षा मन्त्रालयका शाखा अधिकृत तिमिल्सीनाले त्यसका लागि सबै सरोकारवाला जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए । उनले सन २०३० सम्म माध्यमिक तह सम्म पुर्ण निशुल्क र गुणस्तरीय शिक्षा हुनुपर्ने बताए ।

त्यसैगरी बागलुङ्गका शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षा क्षेत्रलाई सहि तरिकाले अगाडी बढाउनका लागि युनेष्कोको महत्वपुर्ण भुमिका रहने बताए । उनले शिक्षा बिकासको मेरुदण्ड भएको हुदा मुलुकको बिकासका लागि शैक्षिक क्षेत्रको बिकास हुनुपर्ने धारणा ब्यक्त गरे । सो अवसरमा सहभागीहरु वडा अध्यक्ष शिव साप्कोटा, महिला सुनिता पुरी, बिद्यार्थी सुशान्त साप्कोटा र भावना पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *