आजको तस्वीर : पर्वतको दुक्तानमा धार्मिक पर्यटकलाई लक्षित गरि होम स्टे सन्चालन !

शब्द/चित्र : सिर्जना पन्त

बागलुङ २०७५ जेठ १८ । छिमेकी जिल्ला पर्वतको महाशिला गाउँपालिका– ५ दुक्तानका स्थानियहरु यतिवेला गाउँमा होम स्टे सञ्चालनको लागि दिन रात खटिरहेका छन् ।

गुरुङ समुदायको बाहुल्यता रहेको दुक्तानका स्थानियहरु आफ्नो गाउँमा धार्मिक पर्यटकहरुको सम्भावना रहेको भन्दैं पर्यटकलाई आर्कषण गर्न होम स्टे सञ्चालनको लागि जुटेका हुन । पर्वतको महाशिला गाउँपालिकामा पर्ने धार्मिक दृष्ट्रिकोणले निकै महत्व बोकेका चिसापानी देविको मन्दीर, सातमुले देवीको मन्दिर, गाउँमा रहेको महाशिला र गाउँकै शिव मन्दिरमा आउने धार्मिक पर्यटकहरुलाई लक्षीत गर्दै उनिहरुले गाउँमा होम स्टे सञ्चालनमा ल्याएका हुन ।

स्थानियले एकै पटकमा ९ घरमा ७० जना पाहुनालाई राख्न मिल्ने गरी दुक्तान होम स्टेको नमबाट संचालनमा ल्याएका छन् । होम स्टेमा बास बस्न आउने पाउहुनालाई स्थानिय गुरुङ संस्कृति अनुसार स्वागत गरि घाटु नाँच, सालैजो जस्ता स्थानिय संस्कृतीहरु देखाईने होम स्टेका सञ्चालक सदस्य सन्तु गुरुङले बताई । उनका अनुसार महाशिला गाउँपालिकाले स्थानिय संस्कृतिको संरक्षण गर्न भन्दै होम स्टेलाई बाजाका समाग्री खरिद गर्न २० हजार रुपैया आर्थिक सहयोग गरेको छ । गाउँबाट धौलागिरी, माछापुच्छे, अन्नपूर्ण जस्ता मनोरम हिम श्रृङ्खला, उच्च पहाड र हरिया बनजंगलको अवलोकन गर्न सकिन्छ ।

सन्तु गुरुङले डहरेको लेक, पञ्चासे, सेतीवेणी जाने पर्यटकहरुलाई समेत लक्षित गरेर होम स्टे सञ्चालनमा ल्याएको जानकारी दिईन् । होम स्टेमा बस्न आउँने पर्यटकहरुलाई स्थानिय आलु, फापर, कोदो, मकै, जौ, गुन्द्रुक र भट्टका परिकार संगै लोकल कुखुरा, दुध, मोही, दही र ध्यु समेत खुवाईने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *