पर्वत आर्थरमा महिलाहरुका लागि ३ दिने नेतृत्व विकास तथा वाककला तालिम सम्पन्न

निर्मल पौडेल पर्वत २०७५ जेठ १८ । पर्वतको कुस्मा नगरपालिका १४ आर्थरमा महिलाहरुका लागि ३ दिने नेतृत्व विकास तथा वाककला तालिम सम्पन्न भएको छ । कु.न.पा वडा नं. १४ आर्थरको आयोजना र सामुदायीक रेडियो कुशुमको समन्वयमा तालिम सम्पन्न भएको हो ।

बिभिन्न सामाजिक संघ संस्था र नेतृत्व तहमा रहेका महिलाहरु समेत आफ्ना जायज कुरा राख्न समेत डराउने तथा लजाउने गरेकाले उनिहरुको बोल्ने क्षमता बिकासका लागि तालिमको आयोजना गरिएको वडाअध्यक्ष भिम वहादुर गुरुङले वताए ।

तालिमको समापन गर्दै गुरुङले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिममा प्रेस चौतारी नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद शर्मा, पत्रकार तारानाथ आचार्य, कृष्ण अखेली, अर्जुन थापा लगायतले प्रशिक्षण दिएका थिए ।

तालिम पछि सामुदायीक रेडियो कुशुमको पालिका सम्बाद कार्यक्रममा बोल्दै सहभागीहरुले महिलाहरुको क्षमता बिकासलाई प्राथमिकतामा राखेर वडा कार्यालयले तालिम सञ्चालन गरेकोमा खुसी व्यक्त गरेका थिए। तालिममा बिभिन्न संघ संस्था तथा समुहमा आबद्ध ६० जना महिलाहरुले सहभागीता जनाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *