पानीघट्ट संचालन गरेर मनग्य आम्दानी गर्दै ताराखोलाका टोपबहादुर थापा !

पुर्णभद्र निउरे ,खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ फागुन ११ । आधुनिक प्रबिधिको बिकास संगै परम्परात तथा स्थानीय प्रबिधिको लोपहुदै गईरहेको अवस्थामा तारा खोला गाविस ३ खोलाखर्कका टोप बहादुर थापाले २०७१ साल देखी १ लाखको लगानीमा आफ्नै घर नजिकको नागबेली खोलामा पानीघट्ट निमार्ण गरी संचालनमा ल्याएका छन् ।

ताराखोलाको छुट्टै भोगोलिक बनावट र फराकीलो रहेको वडा नंम्बर ३ का ९० घरधुरीका स्थानीयले त्यस पानीघट्टामा खाद्यन्न मकै ,कोदो, गहुँ, फापर, जौ, उवा, मकैको ठेला पिस्न आउने गरेको थापाले बताए ।

अहिले पानी घट्टामा १ पाथी पिसे बरावर अन्य आधुनिक मिलको तुलनामै रकम लिएको छु कम्तीमा ५ रुपैया देखी १० रुपैयमा सम्म लिने गरेको उनले बताए ।

यसरी पानी घट्टा संचालन गरेको १ बर्षमानै लगानी उठाएर पनी बार्षिक ६० हजार आम्दानी गरेको बताए । उनी आफ्नै किराना पसल रहेकोले घट्टमा पिस्ने खाद्य राखेर पसलमा व्यापार तथा घरायसी काम गरिरहेका हुन्छन् । त्यसकारण घट्टमा बसिहरनु नपर्ने भएकोलेपनी सजिलो तथा लाभदायक छ । अन्य विद्युतिय तथा पानी मिलको तुलनामा यसमा जोखिम पनी छैन लगानी पनी धेरै छैन । खर्चपनी धेरै आउनदैन आफु नहुदा घर परिवारले सहयोग गर्छन थापाले भन्छन्।

२ बर्ष पहिले थापाले उक्त पानी घट्टा संचालन नगर्दासम्म तारा ३ का स्थानीयहरु २ घण्टा देखी ३ घण्टा समय लगाएर तारा ६ धस्मर, तारा ७ करिमेला र तारा ३ साँगुबोटसम्म खाद्यन्न बोकेर जाने गरेको तारा ३ का सतिर भण्डारीले बताए । त्यसरी जाँदा टाढा त थियो नै भारिबोकेर जानुपर्ने समयमा पालो नपाईने हुन्थो, अहिले टोप बहादुरले पानीघट्ट संचालन गरेपछी समयको बचत र शरीरलाई थप दुख नभएको तारा ३ हिलेकी हिरा घर्तीले बताईन् ।

तारा गाविसका तारा ३ नागबेली खोलामा १, मपेश खोलामा २ वटा, छेल्दोर खोलामा ३ वटा रुमफेदीमा १ र धप्ल्याङमा १ वटा गरी हाल ८वटा पानी घट्ट संचालनमा रहेको तारा गाविस कृषी संजालका अध्यक्ष कुल बहादुर रोकाले जानकारी दिए । रोकाका अनुसार तारा गाविस २ सिपमा १ आधुनिक पानी मिल, तारा ७ करिमेलामा एक आधुनिक कुटानी ,पिसानी,पेलानी आधुनिक पानी मिल, तारा ७ बारदुलेमा १ पिसानी विद्युतिय मिल, तारा ६ धस्मरमा एक कुटानी पिसानी पेलनी आधुनिक पानी मिल, र तारा ९मा एक कुटानी पिसानी मिल भएको बताए ।

अहिले आधुनिक साधनहरुको प्रयोगले परम्परागत देखीनै संचालनमा आएको ढिकी ,जातो, उखु पेल्ने कोल, तोरी पेल्ने कोल लोप प्राय भएको र हाम्रो परम्परागत कला र सस्कृतिको पनि लोप हुदै गएको असारे युवा क्लबका अध्यक्ष प्रकाश रोकाले बताए। यस्ता स्थानीय परम्परागत साधनले एकातर्फ कला संस्कृतिका पहिचानको रुपमा चिनारी दिने र अर्कातर्फ स्थानीय किसानहरुको दैनिकी जीवन यापनमा सहजता हुने र यस्ता साधनहरु स्थानीय स्रोत र साधनबाट निर्माण हुने भएकोले यस्ता साधनहरुको संरक्षर र सम्वृद्धनमा सरोकार वालाले ध्यानदिनु पर्ने स्थानीयले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *