तमान गाउँपालिकाको कार्यालय स्वास्थ्य चौकीको भवनबाट संचालन !

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ जेठ १७ । स्थानीय चुनाव सकिए र जनप्रतिनिधीहरुले आफ्नो कार्यभार समालेको १ वर्ष बिती सक्यो । यो समयमा कतिपय जनप्रतिनिधीले भिआईपी भवनमा कार्यालय संचालन गरेका छन् भने कतिपय जनप्रतिनिधीले अरु कुनै कार्यालय संचालन भएको भवनमा आश्रय लिएर कार्यालय संचालन गरेका छन् ।

यसै सिलसिलामा पश्चिम बागलुङको अति विकट क्षेत्र मानिने तमानखोला गाउँपालिकाले गाउँपालिकाको कार्यालय बोङ्गादोभान स्वास्थ्य चौकीको भवनबाट संचालन गर्दै आएको छ ।

२ तले रहेको उक्त भवनमा माथिल्लो तलमा गाउँपालिकाको कार्यालय संचालन भएको छ भने तल्लो तलाबाट स्वास्थ्य चौकी संचालन भै रहेको छ । उपयुक्त भवनको अभावले गाउँपालिकाको कार्यालय स्वास्थ्य चौकीको भवनबाट संचालन गर्नु परेको तमानखोला गाउँपालिका प्रमुख जोकलाल बुढा मगरले ईबागलुङलाई बताए ।

गाउँपालिकाको आफ्नै भवन नहुँदा विषयगत कार्यालय राख्न, कर्मचारी व्यवस्थापन गर्न आफुहरुलाई गाह्रो भै रहेको उनले बताए । त्यस्तै स्वास्थ्य चौकीको भवनबाट गाउँपालिकाको कार्यालय संचालन गर्दा स्वास्थ्य चौकी र गाउँपालिकामा सेवा लिन आउने सेवा ग्राहीहरुको भिड लाग्ने र बिरामी, बालबालिबा, बृद्धबृद्धालाई समस्या हुने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *