मोडनाईज्डमा बिद्यार्थीको क्षमता बिकासको लागी पत्रकारिता तालीम

गल्कोट हरिचौर २०७५ जेठ १५ । कितावी ज्ञानले मात्रै जीवनमा सफल हुन नसकिने भएकाले विद्यार्थीलाई अतिरिक्त ज्ञानको आवश्यकताको महसूस गरि गलकोट मोडनाईज्ड एकेडेमी हरिचौरमा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सोमबारदेखी सञ्चालन भएको छ । बिद्यार्थीको क्षमता बिकासको लागी गलकोट मोर्ड्नाइज्ड एकेडमी हरिचौरको आयोजना तथा सामुदायिक रेडियो गलकोट एफएमको ब्यबस्थापनमा उक्त तालीम सन्चालन गरिएको हो ।

स्कुलका कक्षा ८ कक्षा ९ र १० का करिब ७५ जना बिद्यार्थीहरुलाई समूह बिभाजन गरि संचालन गरिएको तालिममा, आज दोश्रो दिन समाचार कसरी लेख्ने, समाचारका श्रोत के के हुन, समाचारको लेख्न शैली, हार्ड न्युज र सफ्ट न्युजबिच फरक तथा समाचारको प्रभावकारीता लगाएतका विषयमा सामुदायिक रेडियो गलकोटका स्टेशन म्यानेजर घनश्याम गौतमले सहजीकरण गरेका थिए । विद्यार्थीलाइ पाठ्यपुस्तकमा भएको विषयमा मात्र नभई सबै सामाजिक तथा दैनिक जीवनसगँ जोडीएका विषयको बारेमा जानकारी दिई सचेत गराउने, अन्तरनिहित क्षमताको बिकास गराउने तथा गाउँ ठाउँमा हुने कार्यक्रम संचालन गर्ने कार्यक्रम तालिका निर्माण गर्ने ब्यबहारिक ज्ञान दिने उदेश्यले तालीम आयोजना गरिएको एकेडेमीका प्रिन्सिपल रमेश खत्रीले जानकारी दिए । तालीमले बिद्यार्थीको नेतृत्वमा बिकासहुने बिश्बास बिद्यालयले लिएको शिक्षक देबेन्द्र सिह बस्नेतले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *