प्रजिअ खरेलव्दारा फोटो व्यवसायीहरुलाई तोकिएको ढाँचामा गुणस्तरीय फोटो खिच्न निर्देशन !

बागलुङ २०७५ जेठ १५ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले एमआरपी राहदानी, नागरिकताको प्रमाणपत्र लगायत विभिन्न सरकारी प्रयोजनका लागि चाहिने फोटो सफा, कुनै थपघट नगरिएको जस्तो छ त्यस्तै, गुणस्तरीय फोटो खिच्न फोटो व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

फोटो कमसल भएकै कारणले राहदानी फर्केर आउने लगायत विविध समस्या आउने गरेकाले प्रजिअ खरेलले फोटो व्यवसायी संघका पदाधिकारीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

प्रजिअ खरेलले फोटो व्यवसायीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र, राहदानीमा चाहिने फोटोहरु सेतो पृष्टभूमि (ब्याकग्राउण्ड) मा खिचेर सेवाग्राहीहरुलाई सेवा दिनु पर्ने बताएका थिए । फोटो व्यवसायीहरुले सेवाग्राहीहरुको फोटो खिच्दा स्तरीय कागज प्रयोग गर्न समेत निर्देशन दिएका थिए ।

कार्यक्रममा उपस्थित सबै फोटोग्राफरहरुले प्रजिअ खरेलको भनाईप्रति पूर्ण सहमति जनाउदै अब गुणस्तरीय फोटो खिचरे सेवाग्राहीलाई उपलव्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

छलफलमा फोटो कै कारण कुनै सेवाग्राहीको काम विग्रिएर फिर्ता आएमा फोटो व्यवसायीहरुले अर्को फोटो नि:शुल्क खिच्ने पनि सहमति भएको फोटो व्यवसायी संघका अध्यक्ष नारायण गौतमले ईबागलुङलाई बताए ।

अध्यक्ष गौतमले नवागत प्रमुख जिल्ला अधिकारी खरेलसंग परिचय आदान प्रदान गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्दै सबै फोटो व्यवसायीहरुले एक रुपता हुने गरी पसलहरुमा प्रष्ट देखिने गरी मुल्य सूची (दररेट) टाँस्न सबै फोटो व्यवसायीहरुलाई पत्राचार गर्ने समेत सहमति भएको बताए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *