जउमाविको स्वर्ण महोत्सव : आएनन् मन्त्री, जिशिअले गरिदिए उद्घाटन !

प्रेम सुनार, गुल्मी २०७३ पुस १८ । श्री जनता उच्च माध्यामिक विद्यालय अस्लेवा ७ गुल्मीको स्वर्ण महोत्सव आज देखि सुरु भएको छ । स्वर्ण महोत्सवको उद्घाटन सत्र अघि विभिन्न झाँकी सहित प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

अस्लेवाको चौर वजारका विभिन्न स्थानमा प्रभातफेरी सम्पन्न गरी विद्यालय प्रगाङ्गमा स्वर्ण महोत्सव विशेषको उद्घाटन गरिएको थियो । जहाँ शिक्षा मन्त्री धनिराम पौड्याल प्रमुख अतिथीको तर्फबाट जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले उद्घाटन गरी दिएका थिए ।

मन्त्री पौड्याल आउन नसके पछि टेलिफोन मार्फत शुभकामना व्यक्त गरिएको थियो । उद्घाटन सत्रमा त्यस विद्यालयका प्राचार्य भिमलाल पौड्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चर्चित लोकगायक बैकुण्ठ महत र हाँस्यकलाकार पुर्षोतम भण्डारी र विद्यालयका भाई वहिनीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । स्वर्णमहोत्सवको अवसमा त्यस विद्यालयका संस्थापक र चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक वलराम अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा सहायक प्राचार्य पोषकान्त न्यौपानेको स्वागत मन्तव्य र शिक्षकद्धयः विष्णुप्रसाद पाण्डे र शेरबहादुर कुँवरको सञ्चालन रहेको थियो । स्वर्ण महोत्सव ५ दिन सम्म मनाईदै छ र भोलि पनि विविध कार्यक्रम हुने प्रचार प्रसार उप समितिका संयोजक समेत भएका शिक्षक विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *