महिलालाई फेसबुकमा अश्लील गाली गलौज गर्ने युवक कार्वाहीको लागि काठमाडौ चलान !

बागलुङ २०७५ जेठ १४ । जिल्ला प्रहरी कार्यालय बागलुङले एक युवकलाई विद्युतीय कारोबार अपराध गरेको आरोपमा आवश्यक कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

जिल्ला प्रहरी कायालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विश्वराज सिँह थापाले दिएको जानकारी अनुसार बागलुङ जिल्लाकी एक महिलाले बडीगाड गाउपालिका ६ साविक भिङगिठे गाविस ६ बस्ने वर्ष २० को विशाल घर्तीले सामाजिक सन्जाल फेसबुकमा अश्लील गालिगलौज तथा म्यासेज पठाई विद्युतीय कारोबार अपराध गरेकोले कार्बाही गर्न जिप्रका बागलुङमा उजुरी दिएको हुँदा सो मुद्दा यस कार्यालयको क्षेत्राधिकार भित्र नपर्ने हुनाले महानगरीय प्रहरी परिसर काठमाडौ पठाई मुद्दा दर्ता भएको छ ।

निज अभियुक्त विशाल घर्तीलाई जेठ १३ गते ग्वालिचौर बजारमा पक्राउ गरी आजै कानून बमोजिम कार्बाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *