सुर्य कुमार बोहोराको गर्लफ्रेन्ड केशबले चोर्न खोजेपछी यस्तो हँगामा !

खिमलाल पाण्डे,युएई, २०७५ जेठ १३ । बोहोरा इन्टरटेन्टमेन्ट एण्ड फिल्मस प्रा लि ले भर्खर माँयाको तगारो नामक निकै मार्मिक गितको भिडियो सार्बजनिक गरेको छ ।

अमृतबाबू रोकाय को शब्दलाई अर्जुन भुषालले निकै भावुकतामा डुब्दै निकै मीठो आवाजमा सजाएका छन । साथमा जमुना सिर्पाली ले भुषाललाई आवाजमा साथ दिएकी छिन । टेकु खत्री को छायाँकन रहेको उक्त भिडियोमा केशब ढकाल, सुर्यकुमार बोहोरा तथा सानू गैह्रे को बेजोड अभिनय रहेको छ। अतिथि कलाकार हरुमा प्रकाश बश्याल , सेतु परियार,किशन चापागाईं, सुर्य परियार, कमल मगर तथा बिरु ले भिडियोमा साथ दिएका छन ।
युएईको विभिन्न स्थानमा छायांकन गरिएको माँयाको तगारोको निर्देशन भने सुर्यकुमार बोहोराले नै गरेका छन ।

मध्यरातमा रुन्छु म कराउछु , तिमिलाई केही भयो कि डराउछु जस्ता मार्मिक शब्दहरुले भरिएको उक्त गितको सम्पादन पनि बोहोराले नै गरेका हुन ।
पछिल्लो समयमा युएईमा म्युजिक भिडियोमा छायांकन गर्ने बोहोरा अहिले निर्देशन , सम्पादन तथा अभिनय समेत गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *