तम्घास कांग्रेसमा पहिरो, एमालेमा प्रवेशको ओईरो

प्रेम सुनार, गुल्मी, २०७३ फागुन १० । वर्षौं देखि नेपाली कांग्रेसको वलियो पकड रहेको रेसुङ्गा नगरपालिका भित्र नेकपा एमालले पहिरो ल्याई दिएको छ । मंगलवार नेकपा एमालेका केन्द्रिय सचिव तथा क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टबाट फुलमाला अविर लगाउँदै रेसुङ्गा नगरपालिका वडा नम्वर १० उपल्लो तम्घासबाट प्राय सवै घरधुरी दलित समुदाय नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको सो पार्टीका गुल्मी जिल्ला प्रचार विभाग प्रमुख गणेश श्रीपालीले जानकारी दिए ।

उनका अनुसार तरुण दलका जिल्ला नेता तथा गोल्डेन स्टार युवा क्लव तम्घासका अध्यक्ष राजेश वराल , उपाध्यक्ष ज्ञानेन्द्र वराल , सचिव विशाल वराल सहित ६० जना युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नाम नवताउने सर्तमा एक जना कांग्रेस कार्यकर्ताले केहि कांग्रेस गाउँ नेताहरुकै संकिर्ण र सामन्ती सोचका कारण रेसुङ्गा नगरपालिका भित्र पहिरो जान पुगेको हो । उनले मंगलवारको पार्टी प्रवेशलाई ठुलो दुर्घटनका रुपमा लिएको प्रतिकृया दिए ।

अझै पनि छुवाछुत विभेद र दलितलाई तल्लो दर्जाको मानिस सम्झने माानसिकतबाट अव त्यस्ता नेताहरु माथी उठ्नु पर्ने उनको सुझाव थियो ।

त्यस्तै रेसुङ्गा नगरपालिका अन्तरगत अर्खलेको भुवनपानीबाट नेकपा माओवादीका गाउँ नेता कृष्ण प्रयासी । त्यस्तै स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गरी एमालले रेसुङ्गा वहुमुखी क्याम्पसमा समेत नेवि संघ कर्याकर्तालाई अनेरास्ववियुमा प्रवेश गराएको छ । नेवि संघ रेसुङ्गा ईकाईबाट अस्मीता पन्थी , मिना घर्ति लगायत प्रवेश गरेको श्रीपालीको भनाई रहेको छ ।

कांग्रेसबाट नारायण पौड्याल , मानबहादुर नेपाली र माओवादीबाट रामचन्द्र सुनार पनि एमालेमा प्रवेश गरेको श्रीपालीले बताए । नवप्रवेशीलाई प्रमुख अतिथी सांसंद विष्ट , नेताहरु क्रमशः कमल श्रेष्ठ, मधुकृष्ण पन्त , गणेश श्रीपाली लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

अव चुनावी भिडन्त राम्रै हुने

कुनै दिन कम्युनिष्टहरु चर्को स्वरमा वोल्न पनि डर हुने तम्घास र यस आसपासका गाउँ रहेको रेसुङ्गा नगरपालिका भित्र अव भने कांग्रेस संग राम्रै चुनावी भिडन्त हुने एमाले नेताहरुले दावी गरेका छन् । नेपाली कांग्रेस रेसुङ्गा नगर समितिका सभापति छावि पाण्डेले भने एमालेले भने जति संख्या काग्रेसबाट त्यता नगएको जिकिर गरे ।

६० जनाको नामै आएको छ नि भन्ने प्रश्नमा उनले भेटेरे कुरा गरौला भन्ने छोटो प्रतिकृया दिए । उपल्लो तम्घासमा खानेपानी , मोटरबाटो लगायतका विषयमा विवादहरु हुँदै आएको थिए ।

रेसुङ्गा नगरपालिका भित्र तिन दलको अवस्था

रेसुङ्गा नगरपालिका वडा नम्वर १ , २, ३ , ५ , ७ , ९ ११ , १२ र १५ सहित ९ वटा वडाहरुमा अहिले पनि कांग्रेसको वलियो पकड भएको कांग्रेस नेताहरुले दावी गर्दछन् । एमालले भने त्यो स्वीकार गर्दैन । त्यस्तै एमालले वडा नम्वर ८ को भुजेलखर्क, वडा नम्वर ६ को ठुलोचेक्मी , वडा नम्वर ४ को अर्खले आज पार्टी प्रवेशवाट वडा नम्वर १० उपल्लो तम्घासमा पनि पकट भए पछि एमालले स्थानिय निकाय निर्वाचनमा ४ वडा निश्चित रुपमा जित्ने र अन्य वडाहरुमा कडा प्रतिष्पर्धामा उत्रने तयारी गरेको जनाईएको छ ।

त्यस्तै वडा नम्वर १३ को सिमचौर राङ्गवास र वडा नम्वर १४ को दुविचौर उर्लेनीमा नेकपा माओवादी केन्द्रको वलियो उपस्थिती रहेको सो पार्टीको दावी रहँदै आएको छ । स्थानिय निकायको निर्वाचन घोषणा संगै भएको पार्टी प्रवेशको क्रम अव तँ भन्दा म के कम गर्दै अन्य पार्टीहरु पनि जुट्दै गएका छन् । केहि दिन अघि कांग्रेस र एमाले परित्याग गरी वम्घा र वलेटक्सारका ६० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उता क्षेत्र नम्वर ३ को अर्खवाङ्ग घमिरमा कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले अन्य पार्टीबाट दर्जनौ कार्यकर्ता आफ्नो पार्टीमा भित्राएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *