नेपाल विश्वमै एक मात्र हिन्दु मुलुक हुँदा केहि राजनैतिक दल र सरकारमा रहेकाहरुलाई किन टाउँको दुख्यो ?

नेपाली जनतालाई नटेरेरै राज्यले हिन्दुधर्मको उपेक्षा गरे जनताले सड़कबाट नै हिदुराज्य घोषणा गर्ने चेतावनी !

भरत सापकोटा, बागलुङ २०७५ जेठ १२ । बिहुँकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिरका प्रधान संरक्षक, हरिहर सन्यास आश्रम देवघाट तनहुँका पीठाधिश्वर, सन्तसमाजका केन्द्रिय अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महराजले राज्यले हिन्दु धर्मलाई बेवास्ता गर्दै अन्य धर्मलाई प्रसय दिएको आरोप लगाएका छन् ।

बिहुँकोट स्थित रामकोटधामको ३५ औँ बार्षिकोत्सव समारोह तथा रथयात्रा कार्यक्रममा सहभागी हुन बिहुँ आएका स्वामी ज्ञानानन्द सरस्वतीले हिँजो शुक्रवार रथयात्रा कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

हिन्दु धर्म र हिन्दु धर्मका अनुयायीईहरुलाई सामान्य नसम्झन चेतावनी दिँदै स्वामी सरस्वती महराजले नेपाल विश्वमै एक मात्र हिन्दु मुलुक हुदा केहि केहि राजनैतिक दल र सरकारमा रहेका सम्बन्धित ब्यक्तिहरुलाई किन टाउँको दुख्यो ? नेपाल विश्वकै नमूना देश हुदा राज्यको के बिग्रिन्छ ? के अन्य धर्महरुलाई प्रसय दिदै यो देशमा धर्म यु्द्ध गराउन खोजेको हो ? भन्दै प्रश्नहरु गरेका थिए ।

उनले यदि नेपाली जनतालाई नटेरेरै राज्यले हिन्दुधर्मको उपेक्षा गरे जनताले सड़कबाट नै हिदुराज्य घोषणा गर्ने बताउदै हिन्दु भक्त र अनुयायीईहरुलाई कमज़ोर नसम्झन आग्रह समेत गरे ।

२०३३ सालमा स्थापित त्रिपुरेश्वर महादेव मन्दिर ब्रह्मलीन श्री १००८ स्वामी परमान्नद सरस्वती महराजले तपस्या र ज्ञान हासिल गरेपछि मनाउन लागिएको महाउत्सव रथयात्रा कार्यक्रममा सहभागी हुन बिहुँ रामकोटमा प्रवेश गरेका स्वामी ज्ञानानन्द सरस्वतीले पैसा र पहुँचको भरमा धर्म परिवर्तन भएको प्रति इंगित गर्दै स्वधर्म छोड्न दबाब दिँँदा समेत राज्य रमिते बनेर बसेकोमा आपत्ती जनाए ।

राष्ट्र भित्र देखिने ख़तरा, अनिष्ट, दुर्घटना जस्ता देश र जनताको दुस्ख हरण गर्न भगवान शंकरको पुकार गर्ने गरेकाले यस क्षेत्र महाउत्सवका दिन जेठ ११ गते खेतीबालीका काम नगर्ने, कुनै पूजाअर्चना समेत नगर्ने, सम्पुर्ण बिद्यालयहरु समेत बन्द गरि यस रथयात्रा सरिक हुने गरेका छन् । धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यस मेलामा सरिक भई रथ बोकेमा सम्पुर्ण पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

रथयात्रामा सरीक हुन बागलुङ लगायत छिमेकी जिल्लाहरुबाट सयौँ भक्तजनहरु आउने गरेको आयोजकले बताएका छन् ।

यो पनि पढौ
बिहुँकोटमा त्रिपुरेश्वर महादेवको रथयात्रा सम्पन्न

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *