निसी भल्कोटमा सडक स्तरोन्नती कार्य गरिरहदा एक युवकको खुट्टा यसरी काटियो !

डम्मर बुढा मगर, बुर्तिवाङ २०७५ जेठ ११ । मध्य पहाडी लोकमार्गको स्थरोन्नतिको काम भैरहेको बेला सडकमा पानी हाली रहेको एक युवकलाई मिक्स्चरले किच्दा दाहिने खुट्टा काटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रनानि नारायण शर्माले दिएको जानकारी अनुसार मध्यपहाडी लोकमार्गको निसी भल्कोट खण्डको स्तरोन्नति कार्य भैरहेको समयमा रोल्पा जिल्ला गाम घर भएका वर्ष १८ को जागु बुढामगरको दाहिने खुट्टा छिनिने अवस्थामा रहेको बताए । निजलाई सामान्य उपचार पछी थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पताल श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *