मध्यपहाडी लोकमार्गबाट ट्याक्सी बडीगाड खोलामा खस्दा तीन जना गम्भीर !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ जेठ ११ । बुर्तिवाङबाट पोखरा तर्फ जाँदै गरेको झ १ ज २८५ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गको बुर्तिवाङ नजिकै खल्टुबोट गरगरे नजिकैबाट बडीगाड खोलामा खसेर दुर्घटना हुँदा त्यस्मा सवार दुईजना सहित तीन जना गम्भीर घाईते भएका छन् ।

घाइते हुनेमा ट्याक्सीमा सवार पाल्पाको रम्भादेवी गाउँपालिका वडा नं. ४ का २१ वर्षिय आरएन राना मगर र चालक कास्की जिल्ला लेखनाथ महानगरपालिका वडा नं. १७ का सुरेस परिवार सहित पैदल यात्री ढोरपाटन नगरपालिका–२ नरेडाँडा घर भएकी १७ वर्षीय रिता पुन रहेका छन् । सडकमा गुडिरहेको ट्याक्सीले पैदलयात्री रितालाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको इलाका प्रहरी कार्याैलय बुर्तिबाङका प्रहरी नायव निरीक्षक नारायण शर्माले बताए । ट्याक्सी सडकदेखि २० मिटर तल बडिगाड खोलामा खसेको छ ।

घाईतेहरुको प्रार्थमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ उपचार भैरहेको प्रनानि शर्माले ईबागलुङलाई बताए । घाईतेहरु मध्य रीता पुन र आर एन राना मगरलाई थप उपचारका लागी पोखरा रिफर गरिएको छ ।

तस्वीर- डम्मर बुढा मगर, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *