नवागत प्रजिअ खरेललाई निजामती कर्मचारी युनियन संघ बागलुङव्दारा स्वागत !

बागलुङ २०७५ जेठ ११ । जिल्ला प्रशासन कार्यालय, बागलुङमा नवागत प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई आज नेपाल निजामती कर्मचारी युनियन संघले स्वागत गरेको छ ।

संघका अध्यक्ष देव शर्मा आचार्यको नेतृत्वमा गएको संघका पदाधिकारीहरुको टोलीले नवागत प्रमुख जिल्ला अधिकारी खरेलको स्वागत गर्दै सफलताको शुभ कामना व्यक्त गरेको थियो ।

क्षेत्रिय प्रशासन कार्यालय हेटौडाबाट बागलुङको कामु प्रजिअमा सरुवा भएर बागलुङ आएका खरेलले बिहीबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पदबहाली गरेका थिए ।

नवागत प्रजिअ खरेल यस अघि धादिङ, गोर्खा, रुकुम, रोल्पाको प्रजिअको रुपमा र क्षेत्रिय प्रशासन कार्यालय पोखरा र हेटौडामा रहेर प्रशासनिक अनुभव प्राप्त प्रशासक हुन् ।

नवागत प्रजिअ खरेल बिगत दुई महिनाको अन्तरालमा बागलुङ जिल्लामा तेश्रो प्रजिअ हुन् । तत्कालीन प्रजिअ विष्णुबहादुर थापा उमेर हदले अवकाश पाउने भएर २०७४ साल चैत १८ गते गएपछी २०७५ साल बैशाख १३ गते गृह मन्त्रालयले शेष नारायण पौडेललाई कामु प्रजिअमा बागलुङ सरुवा गरेको थियो । प्रजिअ पौडेल पनि लोकसेवा आयोगबाट सहसचिवमा नाम निस्के पछी दुईचार दिन भित्रै मन्त्रालय गएका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.