वामीमा स्वास्थ्य शिविर सम्पन्न, २३५ जना बिरामी लाभान्वित

कमल पौडेल, गुल्मी (वामी) २०७५ जेठ ११ । लुम्बिनी वामी हस्पिटल प्रालि वामी टक्सारले आयोजना गरेको स्वास्थ्य शिविरवाट २ सय ३५ जना विरामीले स्वास्थ्य लाभ गरेकाछन् । गुल्मीको मुसिकोट नगरपालिका, बागलुङको बडीगाड गाउँपालिका तथा गल्कोट नगरपालिका विरामीहरुले स्वास्थ्य जाँच गराएको हस्पिटल व्यवस्थापन कार्यसम्पादन समितिका संयोजक अग्निधर लोहोनीले जानकारी दिए ।

सो शिविरमा लुम्बीनी मेडिकल कलेज पाल्पाका हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन र रेडियोलोजी विशेषज्ञहरुको सेवा उपलव्ध भएको थियो। हस्पिटल प्रालिले मेडिकल अधिकृत वीरेन्द्र साहनीको नेतृत्वमा ल्यावसहित जनरल सेवा प्रदान गर्दै आएको छ। शिविरमा विरामीको निशुल्क जाँच गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *