खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ पुस १८ । अमलाचौर गाविसका सचिव तथा अध्यक्ष भविदक्त पन्तले गाउँपरिषदमा चालु तर्फ ५ लाख ४५ हजार र पुँजीगत ४१ लख ८९ हजार बजेट रकम विकास योजना संचालनको लागी प्रस्तुत गरेका छन् ।
२५ औ गाँउ परिषदको उत्घाटनमा बोल्ने वक्ताहरुले गाँउको विकासको लागी बजेटको सहि प्रयोग हुदै आएको र गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले विकासको लागी सबैको सहकार्य हुनु पर्नेमा जोड दिएका थिए ।
परिषदमा नेपाली काँग्रसका गाविस सभापति कोपिला मणी शर्मा , नेकपा एमालेका गुरुदक्त पाठक , नेकपा माओवादी केन्द्रका प्रमानन्द पौड्ल , राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्मा, नयाँ शक्ति पार्टिका भोजराज आचार्यले बोलेका थिए ।
त्यसैगरी नेकपा माओवादीका लिल बहादुर वि.क.पृथ्वी उच्च माध्यामीक विद्यालयका प्राचार्य पे्रम प्रसाद चापागाई ,महिला संजालकी ख्याम कुमारी राना, दलित संजालका निशान वि.क.लगाएतले बोलेका थिए ।
२५ औ गाउँ परिषदको उत्घाटन कार्यक्रम गाविस सचीव तथा अध्यक्ष भविदक्त पन्तको अध्यक्षता अमलाचौर उप स्वास्थ चौकीका प्रमुख दुर्गा प्रशाद शर्माको स्वागत र अहेव दिल्ली प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको हो ।