नुहाउने क्रममा कालीगण्डकीमा दुई युवा बेपत्ता

प्रेम सुनार, गुल्मी २०७५ जेठ १० । कालिगण्डकी नदीमा पौडिखेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । विहिबार नुहाउने क्रममा छिमेकी जिल्ला पाल्पाको बगनासकाली गाउँपालिका– ६ यम्घा नजिकैको कालीगण्डकीमा नदिमा पौडिने क्रममा दुई युवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायक उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार कुल पूजा सकेर नुहाउन गएका चार जना मध्ये दुई जना बेपत्ता भएको र दुई जनाको नदीबाटै उद्धार गरिएको छ । बेपत्ता हुनेमा बगनासकालि गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्र बहादुर परियार रहेका छन् ।

त्यस्तै उद्धार गरिएका सोही स्थानका २२ वर्षीय विजय परियार र , १८ वर्षीय सागर परियार रहेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए । उद्धार गरिएका दुई युवकको अवस्था सामन्य रहेको र उनीहरुलाई उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रवासमा ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवाहरुको खोजी कार्य भइरहेको उपरिक्षक घिमिरेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *