निसीखोलामा भिरबाट लडेर युवक गम्भीर, थप उपचारकालागि पोखरा रिफर !

डम्मर बुढा मगर बागलुङ (बुर्तिबाङ), २०७५ जेठ १० । गए राती भीरबाट लडेर निसीखोला गाउँपालिका–४ बडाचौरका २५ वर्षीया खिमबहादुर घर्ती मगर गम्भीर घाईते भएका छन् । घर भन्दा केही माथी आफन्तको चर्पी निर्माण गर्नका लागि डकर्मी काम गर्दै आएका घर्ती राती ११ बजे खानपिन गरेर घर जाने क्रममा लडेर घाइते भएको परिवार स्रोतले बतायो ।

घर्ती करिब १ सय मिटर भन्दा बढी माथिदेखि तल खसेको बताइएको छ । उनी रातको समयमा मदिरा सेवन गरेको र अप्ठ्यारो बाटोको कारणले गर्दा लडेको हुन सक्ने आशंका गरिएको छ ।

घर्ती बिहान अबेरसम्म घर नआए पछि उनकी श्रीमती बेल कुमारी घर्ती बिहान खोज्न जाने क्रममा घर भन्दा केही माथि तिर रक्ताम्मे अवस्थामा देख्दा हारगुहार गरे पछि आफन्तजनहरु जम्मा भइ उठाएर हेर्दा शरीरै भरी चोटै चोट र अचेत अवस्थामा रहेको उनले बताइन् ।

त्यस लगत्तै गाउँपालिकाको गाडी मार्फत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएकोमा त्यहाँ सामान्य उपचार पछि डाक्टरले यहाँ यो उपचार सम्भाव छैन भने पछि घर्तीलाई पोखरा रिफर गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *