कुस्मा स्थित रेडियो कुसुमव्दारा बागलुङका दुई श्रोता सम्मानित

निर्मल पौडेल पर्वत २०७५ जेठ १० । सामुदायिक रेडियो कुशुमले २०७४ सालभरी रेडियो सुन्ने र प्रतिकृया दिने स्रोतालाई सम्मान गरेको छ । नियमित रेडियो सुन्ने रेडियोको हरेक कार्यक्रम र समाचारलाई सुनेर प्रतिक्रिया दिने स्रोता वागलुङ मुलपानिका जीवन भिम केसी र वागलुङ राङखानीकी मनिषा वस्याललाई स्टुडियोमा नै वोलाएर सम्मान गरेको हो ।

रेडियोले नववर्षको अवसरमा आयोजना गरेको विषेश शुभकामना आदान प्रदान कार्यक्रममा केसी र वस्याललाई उत्कृष्ट स्रोता गोला प्रथावाट घोषणा गरिएको थियो । रेडियोमा आयोजित औपचारिक कार्यक्रममा सम्मानित तथा उत्कृष्ठ स्रोताहरुलाई रेडियोले हरेक साल प्रदान गर्दै आएको मायाको चिनो र विषेश उपहार प्रदान गर्दै रेडियोका स्टेशन प्रमुख कृष्ण अखेलीले सामुदायिक रेडियोलाई हरपल सुनेर कृया, प्रतिकृया दिने स्रोतामाझ धेरै सुनेर प्रतिकृया दिनेलाई सम्मान गरेको वताए ।

अखेलीले आगामी दिनमा पनि रेडियोलाई मायाँ गर्ने हरेक रेडियोका कृया प्रतिकृयालाई कमेन्ट गर्ने र सल्लाह सुझाव दिने हरेकलाई सम्मान गर्दै सामुदायको हरेक सकारात्मक कार्य र समाज रुपान्तरनमा साथ र सहयोग गर्नेलाई हरेक पलमा विषेश कार्यक्रमको आयोजना गरि सम्मान गर्ने वताए ।
कार्यक्रममा सम्मानित हुँदा निकै खुशी भएको वताउँदै केसी र वस्यालले यो क्षेत्रमा सामुदायिक रेडियो हरुमा रेडियो कुशुम हरेक मनोरञ्जनात्मक कार्यक्रम र समाचार संगै विज्ञापन प्रचार प्रसारमा एक पल अगाडि रहेको वताए ।

त्यस्तै पलपलका खवरहरु र हरेक मनोरञ्जनात्मक कार्यक्रमका लागि रेडियो कुशुम सुन्न हरेक जनमानसलाई आग्रह गरे । स्टुडियोमा गरेको औपचारीक कार्यक्रममा रेडियोको विषेश कार्यक्रम पालिका सम्वाद उत्पादनका अभियान्ता तथा पत्रकार अर्जुन थापाले स्रोता सवै सम्मान भएपनि क्रमागत हिसावले दुई जनालाई छनोट गरेको वताए ।

कार्यक्रममा रेडियोका समाचार संयोजक निर्मल पौडेल एन .पि घायलले सामुदायिक रेडियोले समाज परिवर्तनमा पारेको प्रभाववारे वोलेका थिए । कार्यक्रम संयोजक दिपेश विश्वकर्मा संगै प्राविधिक प्रमुख शोनु रानाले उपस्थित कार्यक्रमको सञ्चालन दिपेश विश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *