बागलुङको निसी हुँदै प्युठानको स्याउलीवाङ जोड्ने मोटरबाटो निर्माण कार्य सुरु !

राजकुमार विश्वकर्मा/ बागलुङ २०७३ फागुन १० । बागलुङको निसी हुँदै प्युठान जोड्ने मोटरवाटो निर्माण थालिएको छ । निसी गाउँ विकास समितिको घर्तिथोक, थापारुखोला घाट, यारीखोला, पुछारा हुदै प्युठान जिल्लाको स्याउलीबाङसम्मको मोटरबाटो निर्माण कार्य फागुन ९ गतेबाट सुरु गरिएको मोटरवाटो निर्माण समितिका अध्यक्ष ढालबहादुर छन्त्यालले बताए ।

जिल्ला विकास समिति बागलुङको संसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट विनियोजन भएको १० लाखको लागतमा उक्त मोटरबाटो निर्माण कार्य सुरु गरिएको बताइएको छ ।

पहिलो वर्ष निसीदेखि डेड किलोमिटर बाटो निर्माण हुने समितिका अध्यक्ष छन्त्यालको भनाई छ । कुल १० किलोमिटर बाटो निर्माणका लागि आगामी वर्षपनि निरन्तर वजेट निकासा हुँदै जाने बताइएको छ । मध्य पहाडी लोकमार्ग पुगेको निसी देखि प्युठानसम्म सडक विस्तार भएमा प्युठानको पश्चिमी क्षेत्रका जनतालाई यात्रा तथा सामान ढुवानीमा समेत सहज हुने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.