बडीगाड गाउँपालिका १२० जना अपांगतालाई परिचय पत्र सहित सामाग्री वितरण

कमल पौडेल, खर्वाङ २०७५ जेठ १० । विगत १ वर्ष देखि थला परेकी बडीगाड गाउँपालिका वडा नं. २ कि लिला कुमारी सापकोटा आफ्नै गाउँमा अपांगता परिचय पत्र र सहयोग सामागी्र प्राप्त गर्दा निकै खुसी देखिईन् । उनका श्रीमान् मान बहादुर सापकोटाले हामी दुखीले पनि सहयोग पाउने भयौं भन्द सन्तोष व्यक्त गरे ।

वाथरोगले थलिए पछि गत वर्ष देखि थातै दिसा पिसाव भएकी लिलालाई अपांगता सरोकार संघले अपांगता परिचय पत्र तथा ट्वाइलेट चियर, वैसाखी वितरण गरेको थियो । बडीगाड गाउँपालिका, महिला तथा वालवालिका कार्यालय र धौलागिरि अञ्चल अस्पतालको सहयोग मा अपाङ्गता सरोकार संघले शिविरै संचालन गरेर वडीगाड गाउँपालिकामा परिचय पत्र र सहायता सामागी्र वितरण गरेको हो ।

बडीगाड गाउँपालिका वडा नं. २ को खर्वाङ र वडा नं. ५ को खार वजारमा २ दिन सम्म सन्चालित शिविरमा १८ जनालाई क वर्गको, ३९ जनालाई ख वर्गको ४० जनालाई ग वर्गको र २४ जनालाई घ वर्गको गरि कुल १२० जनालाई परिचय वितरण गरिएको कार्यक्रम संयोजक राम प्रसाद घिमिरेले वताए ।

त्यस्तै शिविरवाट ४७ अपांगता भएकाहरुलाई आवश्यकता अनुसार बैसाखी, ट्वाइलेट चियर, र लट्ठी वितरण गरिएको छ। बडीगाड गाउँपालिकाका सवै वडाका अपांगता भएकाहरु शिविरमा सहभागि भएको आयोजकले जनाएको छ ।

शिविरको समापन गर्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले कोहिपनि अपांगता भएकाहरु परिचय पत्र विमुख हुन नहुने भन्दै अपांगता भएकाहरुको लागि राज्यले उचित सम्बोधन गर्ने वताए ।

कार्यक्रममा अपांग सरोकार केन्द्र बडिगाडका अध्यक्ष महानन्द घिमिरे, आयोजकको तर्फवाट वोर्ड कमिटि सदस्य विजय कुमार श्रीस, अञ्चल अस्पतालका डा. मंगल वहादुर हेलम्वु, महिला विकास कार्यालयका महिला विकास निरिक्षक सरस्वतीदेवी रेग्मी, रोशनी आचार्य, रश्मी गौतम, नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव सुवास आचार्य, सदस्य अर्जुन कार्कीको सहभागिता रहेको थियो ।

अपांगता सरोकार संघले बागलुङ जिल्लामा वाँकी रहेका वरेङ र तमानखोला गाउँपालिकामा छिट्टै शिविर संचालन गर्ने तथा उपचार गर्नुपर्ने अपांगता भएकाहरुको लागि उपचारमै पठाउने प्रक्रिया समेत सुरु गरिएको कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.