लाम्मेलामा जारी जेष्ठ मेला : दीपज्योति र मुनज्योति क्लब महिला भलिबलको फाईनलमा !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ जेठ १० । “शोलको सान लाम्मेलाको पहिचान” भन्ने नाराका साथ गत जेठ १ गते देखी तमान लाममेलामा सन्चालित “जेष्ठ मेला” जारी रहेको छ।

अहिले सम्म सञ्चालित कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता तर्फ २७ टिमको सहभागितमा ए पोल तर्फ हिमालयन युवा क्लव हिलेलाई पछि पार्दै न्यु छापखानी स्पोर्स क्लब म्याग्दी फाइलनमा प्रबेश गरेको छ भने बी पोल तर्फ लालिगुरासँ युवा क्लब रुम म्याग्दीलाई पछि पार्दै दीप ज्योति युवा क्लब खुंखानी बागलुङ फाईनल प्रबेशका छन्।

हिँजो बुधवार भएको कार्यक्रम अन्तरगत महिला भलिबलको ७ टीमको सहभागितामा दीप ज्योति महिला क्लब बागलुङ र दुरदर्शन मुन ज्योति महिला क्लब म्यग्दी फाइन चरणमा प्रबेश गरेका छन्। तारा खेल पनि हाल सम्म १४ दोर हानि सकिएको छ भने घैटोफोर कार्यक्रम पनि सम्पन्न भएको क्लबका अध्यक्ष असोक छन्त्यालले बताए ।

आज तारा खेल लोकदोहोरी गीत प्रतियोगिता रस्साकस्सा प्रतियोगिता लगाएतका कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

समापन कार्यक्रममा समाजसेबी तथा प्रभुबिकाश बैकका सस्थापक अध्यक्ष देबी भट्टचन समाजसेवी तथा कान्तिपुर मेनपावर काठमान्डैका अध्यक्ष खगेन्द्र भट्टचन लगाएतका बिशिष्ट ब्यक्तिहरुकाको उपस्थिति रहने मेला संयोजक खिम छन्त्यालले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *