पर्वतको धार्मिक एवं पर्यटकीय स्थल जलजलामा पुरुषोत्तम मास महात्मे कार्यक्रम सम्पन्न !

निर्मल पौडेल, पर्वत २०७५ जेठ ८ । पर्वतको जलजला गाउपालिका शालिजामा पर्ने प्राचीन मृगतीर्थ कालाञ्जर पर्वतको जलजला भन्ँने ठाउँमा ३ दिने धार्मिक पुरुषोत्तम मास माहत्मे कार्यक्रम सम्पन्न भएको छ ।

यसै ठाउँमा अवस्थित निलकण्ठेश्वर महादेवको मन्दिरमा यहि जेष्ठ ४ गतेवाट शुभारम्भ भएको कार्यक्रम विधिवत रुपमा सोमवार सम्पन्न भएको हो ।
कार्यक्रममा पण्डित कुलचन्द्र पौडेल कथा वाचन गर्नुभएको थियो । धार्मिक एतिहासिक साँस्किृतिक तथा प्राकृतिक सौन्दर्यताको अवलोकन तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पर्वत, मुस्ताङ, कास्की ,गुल्मी, तनह,ु वागलुङ ,स्याङ्जा लगायत जिल्लाका करिव १५ सय भन्दा माथि दर्शक तथा श्रदालुहरुको उपस्थित रहेको वताइएको छ ।

कालाञ्जर पर्वत मृगतीर्थ हम्पाल क्षेत्र विकास तथा संरक्षण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा भक्तजनहरुले मृगकुण्डमा स्नान , ३ दिन सम्म धर्मशालामा वसेर भजन कीर्तन गरेका थिए ।

त्यस्तै दुई दर्जन भन्दा वढि थरीका गुराँसको अवलोकन सँगै मनोरम हम्पाल लेक वाट देखिने विभिन्न हिम श्रृङ्खलाको दृश्यावलोकन गर्दै हम्पाल परिक्रमा गरिएको कालाञ्जर पर्वत मृगतीर्थ हम्पाल क्षेत्र विकास तथा संरक्षण समितिका अध्यक्ष एवम् वुद्धिजीवी कृष्ण प्रसाद पराजुली शिशुले जानकारी दिए ।

यसरी हम्पाल परिसरमा धार्मिक तथा पर्यटकीय भ्रमण गर्दा निकै मनमा शान्ति मिलेको श्रदालुहरुको भनाई छ । त्यस ठाउँमा पुगेर निलकण्ठेश्वर महादेवको दर्शन गरे सम्पुर्ण रोगादि पापादि नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । हम्पाल लेकवाट दजैनौ हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply