बुर्तिवाङमा भोलि हुने नेपाल कम्युनिष्ट पार्टीको विशाल सभालाई मुख्यमन्त्री गुरुङले सम्वोधन गर्ने !

योगेन्द्र बिश्वकर्मा, बुर्तिबाङ २०७५ जेठ ७ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भै नेपाल कम्यनिष्ट पार्टी बनेको खुशियाली मनाउन मंगलबार बुर्तिवाङ बजारमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ढोरपाटन नगर कमिटिले भोलि बिशाल एकता सभा गर्ने भएको हो । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ लगाएत कम्युनिष्ट नेताहरुले सम्बोधन गर्नेकार्यक्रम रहेको छ ।

उतm कार्यक्रममा ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाड गाँउपालिकाका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता एवं जनप्रतिनिधीहरुको व्यापक सहभागिता रहने आयोजकले बताएका छन् ।

सभामा मुख्य मन्त्री गुरुङलाई अभिनन्दन गरिने यस क्षेत्रको बिकास, निर्माण, पर्यटकीय क्षेत्रको बिकासको बिषयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको ढोरपाटन नगर कमिटिले बताईएको छ । बुर्तिबाङ बजारको बसपार्कमा भोलि मंगलबार बिहान ११ बजेबाट कार्यक्रम सुरुहुने आयोजकले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *