२ अर्ब रुपयाँ संकलन गर्ने लक्षका साथ पञ्चकोट बिराट ज्ञान महायज्ञको तेश्रो श्रृंखला शुरु !

बागलुङ २०७३ फागुन १० । बागलुङ नगरपालिका–८ सर्वसिद्धिधाम पञ्चकोटमा सोमवारदेखी पञ्चकोट बिराट ज्ञान महायज्ञको तेश्रो श्रृंखला शुरु भएको छ । पञ्चकोटको बृहत योजना पुरा गर्ने अभियान सफल बनाउन तेस्रो पटक महायज्ञ आयोजना गरिएको अभियानका प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माको भनाई थियो ।

लड्डु तोरण उपसमितिका संयोजक पदमपाणी शर्माका अनुसार महायज्ञको पहिलो दिन सोमबार पञ्चकोट देखि कालीगण्डकी नदी सम्म तोरण तारिएको छ भने ५ लाख लड्डु कालीगण्डकीमा प्रवाह गरिएको छ ।

आगामी फागुन १७ गते सम्म सञ्चालन हुने महायज्ञको दोश्रो दिन मंगलबार नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी आउने आयोजकले जनाएका छन् । सरकारमा आसीन उच्च पदस्थ व्यक्तित्वहरुलाई महायज्ञमा निम्त्याउने परम्परा ने कायम भएको छ ।

महाज्ञको पहिलो श्रृंखला २०७१ साल फागुनमा शुभारम्भ भएको थियो यसलाई गत २०७२ साल फागुनमा महाउज्ञको दोश्रो श्रृंखला सम्पन्न भएको थियो र अहिलेको श्रृंखला तेश्रो हो ।

आयोजकका अनुसार पन्चकोट धाममा निर्माण कार्यहरुका निम्ति चाहिने २ अर्ब रुपयाँ संकलन नभएसम्म आगामी वर्षहरुमा पनि महायज्ञलाई निरन्तरता दिईने छ ।

२०७२ सालको फागुनमा आयोजना गरिएको महायज्ञमा १० करोड बढी वागदान भएकोमा अझै २ करोड भन्दा बढी रकम उठ्न बाँकी छ । अघिल्लो बर्ष भने ५६ लाख रुपैयाँ संकलन भएको थियो । उक्त रकमले अहिले प्रारम्भिक चरणको पूर्वाधार निर्माण भैरहेको आयोजकको भनाई छ ।

विश्वमै सर्वाधिक अग्लो (१ सय ८ फिट) कलस स्थापना गर्ने, ५ हजार ५ सय ५५ केजीको महाघण्ट निर्माण गर्ने लगायतका दर्जनौं योजना सहित पञ्चकोटलाइ पर्यटकीय गन्तव्य स्थल बनाउने स्वामी कमलनयनाचार्यको योजना छ ।

पन्चकोटमा श्रद्धालु भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरि ‘सिस महल’, ५ सय जना अटाउने सत्सङ्ग भवन, गरुड नारायणको मुर्ति र गणेश मन्दिर निर्माणाधीन अवस्थामा छ । पञ्चकोट मध्येको माझकोटमा बिश्राम स्थल र कारिकोटमा सम्पद लक्ष्मी सत्य नारायण मन्दिरको निर्माण कार्य सकिएको आयोजकले बताएका छन् ।

यसैगरी, पञ्चकोट परिसरमा गण्डकी माताको मन्दिर, मालिका ८ देउराली डाडाँमा गाई पालनका लागि गौशाला निर्माण गरिएको छ । धारापानी देखी स्वामी कमलनयनाचार्यको जन्मस्थल हुँदै पञ्चकोट सम्म करिब ३ किलोमिटर मोटरवाटो निर्माण गरिएको पनि आयोजकले जनाएका छन् ।

तस्वीर- सादगी केसीको फेसबुकबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *