डकर्मी सिकर्मी सँगै तरकारी खेतिबाट मनग्य आम्दानी गर्दै मिहिनेती किसान मैतप्रसाद

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ जेठ ७ । “केहि गर्न मनै देखी चाहे केहिले रोक्दैन”यसको एक उदाहरण हुन ५८ बर्षीय किसान मैतप्रसाद श्रेष्ठ ।
दैनिक जसो हातमा पासपोर्ट बोकेर बिदेशिने युवाहरुको बिचमा ढोरपाटन नगरपालिका वडा न ३ पुर्कोट ईजर निवासी मिहिनेती किसान मैतप्रसाद श्रेष्ठले हातमा डकर्मी, सिकर्मीको सीपको साथै बाकी समयमा बेमौसमी तरकारी र पशुपालनबाटै खर्च कटाएर मासिक न्युनतम १०/१५ हजार बराबरको आम्दानी गर्दै आएका छन् ।

साँझ– बिहान आफ्नै करेसा बारीमा भुल्ने गरेका श्रेष्ठ प्रायः बिहान १० बजेको समयमा डकर्मी, सिकर्मीका निम्ति घरबाट निस्कन्छन । घरको काम सँगै गोठमा पालेको १ भैँसी र १ जर्सी गाईको हेरचाहमा उनकी जीवन संगिनी कोमसरा श्रेष्ठले संघाउछिन । डकर्मीको कार्य गरेबापत रु ८०० र सिकर्मीको कार्य गरेबापत रु ७०० रुपैयाँ पारिश्रमिक लिने गरेका श्रेष्ठले तरकारी खेतिबाट मासिक ३,००० कमाउछन् । उनले बारीमा विभिन्न जातका साग, मुला, सिमी, खुर्सानी लगायतका तरकारीका साथै बिभिन्न फलफुलका बेर्ना समेत लगाएका छन् ।

श्रेष्ठले भन्छन् “ जग्गा जमिन मात्र भएर नहुदो रहेछ सिचाँई नहुदाँ चाहेजति अझैँ पनि गर्न सकेको छैन”पानीकै अभावले गर्दा श्रेष्ठले खेरजाने सबै पानीलाई ड्रममा सङ्कलन गरी विभिन्न प्रकारका तरकारी लगाएका छन् । गाई भैसी लैनो भएको अबस्थामा दुध, दही र घिउँ समेत बुर्तिबाङ बजारमा बेच्ने गरेका श्रेष्ठका दई छोरा मध्य एक छोरा रोजगारीको शिलशिलामा बिदेशमा छन भने एक छोरा बाबुले गर्दै आएको पेशा अगाल्दै बुर्तिबाङ बजारमा फर्निचर व्याबसाय गरेका छन् ।

प्रायः दैनिक जसो हातमा पासपोर्ट बोकेर हिड्ने युवाहरुलाई उचित किसीमको सीप र कृषि पेशा अगाल्ने युवालाई सहुलियत ऋण तथा अनुदान दिएको खण्डमा दैनिक बिदेशिने युवाको सङ्ख्यामा कमी आउने श्रेष्ठले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *