जश्मिन माझीले नारायण थापालाई कस्तो अटेर लाग्छ एकछिन आउन कान्छु भने पछी (भिडियो)

खिमलाल पाण्डे, युएई, २१ मई २०१८ |गीत संगीत क्षेत्रमा मात्र आफ्नो पहिचान नभएर दर्जनौ म्युजिक भिडियोहरु निर्देशन गरिसकेका गायक तथा निर्देशक नारायण थापाको पहिलो तिज बिशेष म्युजिक भिडियो गत मई १९ तारिखका दिन क्वालिटी फ्लिम प्रा.ली. ले युटुब मार्फत सार्बजानिक गरेको छ |

निकै लामो समय देखि सांगेतिक क्षेत्रमा लागि परेका थापाले अहिलेको यो म्युजिक भिडियोले छुट्टै पहिचान बनाउने आशा लिएको उनि बताउछन|चितवनमा जन्मेका थापाले नेपाली कलाकारिता क्षेत्रमा आफुले धेरै मेहनत गरेको बताउदै अहिले सम्म एक दर्जन भन्दा म्युजिक भिडियोहरु आफैले निर्देशन गरेको जानकारी दिएका छन्|थापाले भने कहिले शब्द भर्दै हिडेको छु त कहिले संगीत भर्दै त कहिले निर्देशन |यति मात्रै होइन मैले आफ्नै स्वर पनि भर्ने गरेको छु साथमा आफैले अभिनय समेत गर्ने गर्दछु |यसैमा पर्छ हालै सार्बजानिक गरिएको तिज बिशेष म्युजिक भिडियो “सुने एउटा हल्ला नामक एल्बम थापाले भने |

हालै सार्बजानिक गरिएको म्युजिक भिडियोमा पुरुष तर्फ नारायण थापाको स्वर रहेको छ भने महिला तर्फ कमला थापाको सुमधुर स्वर सुन्न सकिन्छ |जुन गीतमा शब्द भरेका छन् शब्द संकलक टेक नारायण चापागाईले भने लय डी आर सुलानको रहेको छ|उक्त म्युजिक भिडियो को छायांकन गरेका छन् बासु बरालले भने सम्पादन सुजन शाहीले गरेका छन् |जहा नारायण थापा र मोडल जश्मिन माझीको आकर्षक अभिनय देख्न सकिन्छ |

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *