स्थानीय निर्वाचनको मिति घोषणा सँगै मोर्चाव्दारा बिरोधका कार्यक्रम सार्वजनिक !

बागलुङ २०७३ फागुन १० । मन्त्री परिषदको सोमबार बसेको बैठकले आगामी २०७४ साल बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति तोकेको छ । मधेशी दलहरुको विरोधका वीच सरकारले २ दशक पछी स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको हो ।

प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले बैशाख महिना भित्र स्थानीय निकायको निर्वाचन नतोके सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्ता हस्तान्तरण गर्न दवाब दिँदै आएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेले स्थानीय निकायको निर्बाचन तोक्न सरकारलाइ बारम्बार दबाब दिईरहेका थिए ।

सरकारले स्थानीय निकायको निर्वाचन तोके लगत्तै राप्रपा, एमाले लगायत विभिन्न राजनीतिक दलहरुले यसको स्वागत गरेका छन भने मधेशी दलहरुले संविधान संशोधन व्दारा मधेशी दलहरुको माग पुरा नगरी निर्वाचन मिति घोषणा गरिएको विरोधमा आजै फागुन १० गते देखी बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

निर्वाचन मिति घोषणा लगत्तै तराईं मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले फागुन आजै मंगलबारदेखि फागुन २६ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

मोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुससार फागुन १० गते मसाल जुलुस र कोणसभा, फागुन ११ गते मधेस बन्द, फागुन १२ देखि २६ गतेसम्म निर्वाचन मिति घोषणा विरुद्ध भन्डाफोर कार्यक्रम गर्ने बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.