महिलालाई आत्म निर्भर बनाउन निसीखोलाको झिवाखोलामा झोला बुन्ने तालिम

डम्मर बुढा मगर बागलुङ (बुर्तिबाङ), २०७५ जेठ ६ । महिलाहरुलाई सिप सिकाई आत्म निर्भर बनाउनका निम्ती घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा बागलुङको आयोजनामा निसीखोला गाउँपालिका–४ झिवाखोलामा ४५ दिने झोला बुन्ने तालिम संचालन भैरहेको छ ।

खासगरी निसी क्षेत्रका महिलाहरु अन्य क्रियाकलापमा भन्दा सिलाई बुनाई तर्फ बढी आकर्षित देखिएकाले यहाँ यो तालिम संचालन गरेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा बागलुङकी याममाया श्रीसले बताईन् ।

यो तालिम पश्चात महिलाहरुले आत्म निर्भका निम्ती केही सहज हसने अपेक्ष गरिएको उनले बताईन् । तालिममा निसीखोला गाउँपालिका–३, ४ र ५ का १२ जना महिलाहरुले सहभागिता जनाएका छन् ।

तालिममा गरिब, बिपन्न दलित, अपाङ्ग तथा एकल महिलाहरुको उपस्थित छ । तालिम बैशाख १५ गतेदेखि सुरु भैरहेको श्रीसले जानकारी दिईन् । तालिममा स्थानीय स्तरमा पहिले देखिनै झोला बुन्दै आएकी तुलसी पौडेलले सहजिकरण गरि राखेकी छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *