ढोरपाटनको गोठमा आगलागी हुँदा १९ बाख्रा, ३५ हजार नगद सहित बन्दोबस्तीका सबै समान जलेर नष्ट !

ढोरपाटन २०७५ जेठ ६ । ढोरपाटन नगरपालिका- ९ ढोरपाटनको रुघ्नवा स्थित धनसिँह बुढाको गोठमा आज बिहान आगलागी हुँदा १९ वटा बाख्रा, ३५ हजार नगद तथा बन्दोबस्तीका सबै सरसामान जलेर नष्ट भएको ढोरपाटन स्थित हनुमानध्वज गुल्ममा कार्यरत ईन्द्र शाहीले जानकारी दिएका छन् । घटनास्थल ढोरपाटन देखी करीब ५ किलो मिटर माथी पर्छ ।

आगलागी भएको सूचना बिहान ११ बजेतिर प्राप्त भएपछी हनुमानध्वज गुल्मबाट २५ जनाको एक टुकडी, चारजना प्रहरी, शिकार आरक्षका ६ जना तथा स्थानीयवासी घटनास्थलमा पुगी आगो नियन्त्रण र उद्धार कार्य सम्पन्न गरी भरखर साढे ३ बजे ढोरपाटन फर्किएको शाहीले बताए ।

गोठमा एक्लै बस्दै आएका धनसिँह बुढालाई भने आगलागीबाट कुनै क्षती नभएको शाहीले बताए । पीडित बुढालाई तत्कालको राहतका लागि हनुमानध्वज गुल्मले २ बोरा चामल सहयोग गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *