स्वर्गको बाटो अप्ठेरो होला भन्छिन शान्ती श्री परियार

प्रकाश ढकाल / युएई २०७५ जेठ ६ । ” स्वर्गको बाटो अप्ठेरो होला कसरी जाउलानी – एकमुठी पानी खुवाउन पाईन तिर्खा पो लाउलानी ” अतन्तै भावपुर्ण शब्दमा सबैको मन छुन सक्ने ” बोल माँया “भिडियो सार्बजनिक भएको छ ।

प्रकाश सपुतले शब्द सँगीत भरेको उक्त गितमा कमल सौरागले सँगीत सँयोजन गरेका छन ।

मिठो स्वरका धनी चर्चित गायक नारायण रायमाझी , प्रकाश सपूत तथा चर्चित गायिका शान्ती श्री परियार को आवाज रहेको उक्त गितको भिडियोको छायांकन करन चैसिर र माधब राउतले गरेका हुन । प्रकाश सपूतको निर्देशन लाई सहयोग गर्दै देबेन्द्र गर्दैले सह – निर्देशन गरेका छन । बिगत लामो समय देखि सम्पादनमा ब्यस्त तथा सम्पादनमा निकै नै पोख्त प्रबिन भट्ट ले भिडियो लाई सम्पादन गरेका छन ।

बिगतका समय देखि नै चर्चा को शिखर चुम्दै आएकी मोडेल अन्जली अधिकारी यो गितबाट अझै चर्चामा आउने छिन । उनी भन्छिन – मैले धेरै भिडियो हरुमा अभिनय गरे तर यो भिडियोमा मेरो निकै प्ररिश्रम गरेकी छु । भिडियो को छायांकन गर्दा मलाई रोएको नाटक गर्नै परेन शब्दले आँफै रुवाईदियो ।

पछिल्लो समयमा ब्याटल गित बजारमा ल्याएर निकै चर्चामा आएका प्रकाश सपुतले यसपटक उत्कृष्ट मर्मस्पर्शी सृजना ल्याएका हुन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *