तमानखोला गाँउपालिकामा बालविवाह सम्वन्धी बृतचित्र प्रदर्शन

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ जेठ ६ । तमानखोला गाउपालिकामा यस आर्थिक बर्षमा तयार पारिएको बालबिवाह रोकथाम सम्बन्धि डकुमेन्ट्री फिल्म (बृतचित्र ) शनिबार प्रदर्शन गरिएको छ ।

युनिर्भसल मिडिया हाउस बागलुङले तयार पारेको डकुमेन्ट्री फिल्म तमानखोला गाउपालिकाका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष मानसरी शेरचन सहितको उपस्थितिमाप्रदर्शन गरिएको तमानखोला गााउपालिकाका लेखा अधिकृत यमबहादुर थापाले बताए ।

परिकल्पनाकार नविन सिसिर बिक र निर्दशन नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसव्दारा तयार पारिएको १ घण्टा समयको सो बृत्त चित्र गाउपालिकाको कार्यालयमा प्रदर्शन गरिएको थियो । यसलाई आगामी दिनहरुमा वडाहरुमा प्रदर्शन गर्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *