बडीगाड दलित सन्जालको प्रशिक्षण : सबै दलित एक भएर राष्ट्र निर्माणमा जुट्न नगर प्रमुख नेपालीको आग्रह !

सन्जालको नाममा १ लाख १० हजारको अक्षय कोष खार माबिलाई १ वर्षको लागि १ शिक्षक !

दिनेश शर्मा, बागलुङ २०७५ जेठ ५ । बडीगाड दलित सन्जालको आयोजना सम्पुर्ण दलितहरु एक होऔ समुन्नत समाज निर्माणमा सहभागी बनौ भन्ने मुल नाराका साथ खार बजारमा सुरु भएको बृहत दलित भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले एक समारोहका बिच पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरेका छन् ।

उद्घाटन पछी प्रमुख अतिथी नेपालीले ‘अब सबै दलित एकजुट भइ विभेदलाई चिर्दै राष्ट्र निर्माणमा जुट्न’ आव्हान गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे ।

नगर प्रमुख नेपालीले कार्यक्रममा दलित सन्जालको नाममा एक लाख दस हजार रुपयाँको अक्षय कोष स्थापना गरिदिने घोषणा गर्दै बडीगाड ५ खार बजारमा रहेको खार मा बिलाई एक शिक्षक एक बर्षको लागि उपलब्ध गराउने ,र से गाउपालिका अन्तर्गतका ५ वटा खरको घरमा टिनको छानाले छाई दिने बताई रहँदा दलित सन्जालका अध्यक्ष टिपुरे सुनारले समेत खार मा बिलाई रु पचास हजार पाच सय पाच चन्दा उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रमुख अतिथी नेपालीले दलित सन्जालको लागि गाउपालिकााले १२ लाख रुपैया बजेट बिनियोजन गरेकोमा लिखित धन्यवाद समेत ज्ञापन दिए । कार्यक्रममा गाउपालिकाका अध्यक्ष मेहरसिँहपार्इजाले राम्रो र सृजनशील काम गरे आगामी बर्ष पनि गाउपालिकाले बजेट बिनियोजन गर्ने विश्वास दिलाएका थिए।

उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा बरिष्ठ अधिबक्ता यम बहादुर चर्मकार रहने छन् ।कार्यक्रममा प्रत्यक वडाका ५ जना दलितहरु ,सन्जालका पदाधिकारीहरु दलित महिला वडा सदस्य गरि ७० जनाको सहभागिता रहनेछ। उक्त कार्यक्रममा तीन दिन सम्म दलितहरुलाइ प्रशिक्षण दिने आयोजकले बताएका छन् ।

कार्यक्रममा बडिगाड ५ का वडाध्यक्ष्य अर्जुन खरेल लगाएत समाजसेबि तथा दलित अगुवा र आम दलित समुदायको व्यापक उपस्थिती रहेको थियो।

दलित सन्जालका अध्यक्ष टिपुरे सुनारको अध्यक्षता, स्वागत मन्तब्य दधिराम बि कको रहेको थियो भने सन्चालन बुद्द्ध परियारले गरेका पथए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *